२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

८ जना संक्रमित डिस्चार्ज

२०७७, ४ असार बिहीबार १३:१७


पर्वत । कोरोना संक्रमण देखिएका पर्वतका ८ जना निको भएका छन् । गत जेठ २० गते पहिलोपटक संक्रमण देखिएकाहरुको बिहीबार रिपोर्ट नेगेटिभ आएको हो ।

पर्वतको कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरुमध्ये फलेबास–१० कुर्घाका २ जना, महाशिला–३ का ३ जना तथा फलेबास–११ र २ का १–१ जना छन् । त्यस्तै बिहादी–४ का १ जना रहेको पर्वत अस्पतालले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको दोस्रोपटक स्वाब परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार नै उनीहरुलाई स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ ।

बिहीबार संक्रमण पुष्टि भएका ९ सँगै पर्वतमा संक्रमितको संख्या ३८ पुगेको छ । त्यसमध्ये ४ महिला र ३४ पुरुष छन् । बिहीबार ८ जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ३० जना भएको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत एवं कोरोना रोकथाम जिल्लास्तरिय कमाण्ड फोर्सका सूचना अधिकारी प्रविण भण्डारीले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?