२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

८ जना संक्रमित डिस्चार्ज

४ असार २०७७, बिहीबार १३:१७


पर्वत । कोरोना संक्रमण देखिएका पर्वतका ८ जना निको भएका छन् । गत जेठ २० गते पहिलोपटक संक्रमण देखिएकाहरुको बिहीबार रिपोर्ट नेगेटिभ आएको हो ।

पर्वतको कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरुमध्ये फलेबास–१० कुर्घाका २ जना, महाशिला–३ का ३ जना तथा फलेबास–११ र २ का १–१ जना छन् । त्यस्तै बिहादी–४ का १ जना रहेको पर्वत अस्पतालले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको दोस्रोपटक स्वाब परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार नै उनीहरुलाई स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ ।

बिहीबार संक्रमण पुष्टि भएका ९ सँगै पर्वतमा संक्रमितको संख्या ३८ पुगेको छ । त्यसमध्ये ४ महिला र ३४ पुरुष छन् । बिहीबार ८ जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ३० जना भएको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत एवं कोरोना रोकथाम जिल्लास्तरिय कमाण्ड फोर्सका सूचना अधिकारी प्रविण भण्डारीले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने