२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट पहिलो उडान मार्फत जुन २० मा १७४ नेपाली स्वदेश फर्किने, कोरोना जाँच नहुने

५ असार २०७७, शुक्रबार ०२:५२

योगेन्द्र योगी | असार ५, दोहा | कतारबाट पहिलो उडान जुन २० शनिबार नेपाल एअरलाइन्सले उडान भर्ने भएको छ । अर्को उडान जुन २२ र २४ मा हिमालय एअरलाइन्सले गर्ने कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् । 

सचिब भट्टराईले दिएको जानकारी अनुसार कतारबाट नेपाल एअरलाइन्सको पहिलो उडानमार्फत १७४ जना फर्कने छन् । यो सूची कतारको सम्बन्धित निकायलबाट पारित गरिसकेको छ ।

यस्तै हिमालय एअरलाइन्समार्फत जुन २२ मा हुने उडानमार्फत स्वदेश फर्कने १७४ जनाको नेपालीको पनि सूची तयार गरिएको उनले बताए ।

अर्को जुन २४ मा हिमालयबाट स्वदेश फर्काउन १७३ जनाको सम्भावित सूची पनि दूतावासले सार्वजनिक गरेको छ । नेपाल एअरलाइन्सले कतारबाट अर्को उडान पनि भर्ने जनाए पनि मिति भई नसकेको दूतावासले जनाएको छ ।

यता,कतारबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँच नहुने भएको छ । कतार सरकारले निजी स्वास्थ्य संस्थालाई कोरोना परीक्षण गर्ने अनुमति नदिएकाले यहाँबाट स्वदेश फर्कने नेपालीको सामान्य ज्वरो मात्र जाँच गरेर स्वदेश पठाउने तयारी भएको उनले बताए । 

नेपाल सरकारले तोकेअनुसारको स्वदेश फर्कने नेपालीको साथमा कोरोना जाँचको प्रमाणपत्र साथमा राखेर फर्कन सम्भव नभएको समेत दूतावासले स्पष्ट पारेको छ ।

यहाँबाट फर्कने नेपालीको विमानस्थलमा सामान्य ज्वरो मात्र मापन गरिने छ भने साथै "एह्तराज मोबाइल एप’ मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य