असार ५, काठमाडौँ | साउदीको दमामबाट १ सय ५७ नेपालीलाई लिएर उडेको हिमालयन एयरलाइन्सको जहाज शुक्रबार बिहान ७:३० बजे काठमाडौं आइपुगेको छ ।
उक्त विमानमा एक जनाको शव सहित ४ जना गर्भवती सहित ८ जना महिलाहरु रहेका छन् । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले उडान सुरु भएकोले स्वदेश फिर्न चाहने नेपालीलाई धैर्य रहन आग्रह गरेका छन् । दुतावासले कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी क्रमशः फर्काउने काम सुरु भएको बिहिबार बेलुका एक सूचनामा मार्फत जानकारी दिएको छ ।
उतावासले भनेको छ 'कोरोना संक्रमणका महामारीका समयमा धेरै दुःख कष्ट सहेर धैर्यतापूर्वक स्वदेश फर्किने दिनको प्रतिक्षामा बस्नुभएकोमा यहाँहरुप्रति नेपाली राजदूतावास धन्यवाद दिन चाहन्छ । आगामी दिनहरुमा पनि दाजुभाइ दिदीबहिनीहरु पनि क्रमशः स्वदेश फर्किने क्रममा हुनुहुन्छ ।'
साउदीमा १० हजार जनाले स्वदेश फिर्ता हुन् दूतावासमा आवेदन दिएका छन् । पहिलो उडानमा अलपत्र परेका कामदारहरु आएको दूतावासले जनाएको छ । दोश्रो उडान राजधानी रियादबाट भोलि शनिबार हुँदैछ । तेश्रो उडान भने आगामी मंगलबार हुनेछ ।
बिहिबार बेलुका साउदीस्थित दुतावासले जारी गरेको सूचना हेर्नुहोस्
