2026-06-20 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिमुखीकरण संस्था स्वतः नवीकरणको माग

असार ५, काठमाडौं । नेपाल अभिमुखीकरण व्यवसायी महासंघले चालु आर्थिक वर्षलाई विपतको समय मानेर अभिमुखीकरण संस्थाहरुको स्वतः नविकरण हुने व्यवस्था गरी राहत प्रदान गर्न सरकारसँग माग गरेको छ । महासंघ अध्यक्ष राजाराम गौतमले प्रधानमन्त्रीको कार्यालयसहित विभिन्न कार्यालयको ध्यानाकर्षण गराउँदै उक्त माग गरेका हुन् ।

विगत तीन महिनादेखि लगातार भएको लकडाउनका कारण साना लगानीकर्ता व्यवसायीहरुको व्यवसाय बन्द भई घर भाडा, कर्मचारी खर्च तथा बैंकको किस्ता समेत व्यवस्थापन गर्न नसकेको भन्दै महासंघले थप राख्नुपर्ने भनिएको धरौटी बापतको रकम जम्मा गर्न सकिने अवस्था नरहेको बताएको छ ।

वैदेशिक रोजगार विभागले केही दिनअघि व्यवसायीहरुलाई धरौटी राख्न र आवश्यक सबै कागजात उपलब्ध गराउन सूचना जारी गरेको भएपनि लकडाउनको अवस्थामा तोकिएका सबै व्यवस्था गर्न असमर्थ हुने हुनाले राहत प्रदान गर्नुपर्ने महासंघको माग छ ।

महासंघले वैदेशिक रोजगार नियमावली २०६४ (पाँचौ संशोधन) को नियम २२ बमोजिम नगद ५ लाख धरौटी व्यवस्था संशोधन गर्नुपर्ने एकै व्यक्ति तथा एकाघर सदस्यले एकै उद्देश्यको २ संस्था खोल्न नपाउने व्यवस्था हटाउनुपर्ने माग गरेको छ । महासंघले रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदिय व्यवस्था मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मुख्य सचिव, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको पनि यस विषयमा ध्यानाकर्षण गराएको छ । 

महासंघले विगत १७ वर्षदेखि वैदेशिक रोजगारमा जाने युवाहरुलाई सीपमुलक कार्यगत क्षमता अभिवृद्धि तथा जोखीम न्युनिकरणको लागि सहि सूचना प्रवाह गर्ने उद्देश्यले वैदेशिक रोजगार ऐन बमोजिम नेपालभर १ सय ५० वटा संस्था सञ्चालनमा रहेको उल्लेख गर्दै वैदेशिक रोजागर नियमावली पाँचौं संशोधनमा केही प्रावधान थप गरी हालको अवस्थामा असहजता थपिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ