Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• अर्थ/विकास
• राजनीति
• समाज
• विश्व
• खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• अर्थ/विकास
• विश्व
• सूचना प्रबिधि
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > डोटी - DT > करको दायरामा छैनन् अधिकांश व्यवसायी
अर्थ/विकासडोटी - DT

करको दायरामा छैनन् अधिकांश व्यवसायी

साझासवाल
Last updated: June 20, 2020 3:56 am
By
साझासवाल
Share
4 Min Read
SHARE

असार ६, डोटी | जिल्लाको दिपायल सिलगढी नगरपालिकाभित्र सञ्चालित अधिकांश व्यवसायी करको दायरामा आएका छैनन् । जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको संयुक्त अनुगमन टोलीले करको दायरामा नआएका व्यवसायीलाई कडाइ गरेको छ ।

नगरपालिकामा भएका व्यवसाय करमा दर्ता भए नभएको बारे अनुगमन गरिन थालेपछि अधिकांश व्यवसाय करमा दर्ता नभई सञ्चालन हुँदै आएको पाइएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुगमनका क्रममा हामीले अधिकांश व्यवसायीले करमा दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको पाइयो, करमा दर्ता गर्न सुझाव दिएका छौँ नगरे कानूनअनुसार कारवाही हुने छ ।” जिल्लाका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर, सिलगढी, पुरानो एयरपोर्ट तथा कुल्पातेलगायत बजारमा गरिएको अनुगमनका क्रममा केही व्यवसायीले मात्र दिपायल सिलगढी नगरपालिकामा व्यवसाय दर्ता गरेको र कर तिर्ने गरेको भेटिएको थियो ।

“अधिकांश व्यवसायीले व्यवसाय दर्ता नै नगरी सञ्चालन गरिरहेको फेला पार्यौं, नगरपालिकाका गुरुङले थप भन्नुभयो, “व्यवसाय दर्ता गरेकाले पनि नियमितरुपमा नवीकरण नगरेको देखिएको छ, पहिलोपटक दर्ता गर्न सुझाएका छौँ, अटेर गरे कारवाही हुन्छ ।” दिपायल सिलगढी नगरपालिका नगर उपप्रमुख शिवराज खड्काले नगरमा सञ्चालन भएका व्यवसाय करको दायरामा ल्याउन नगरपालिकाले विशेष अभियान अघि बढाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा केही कर्मचारी व्यवसाय दर्ताका लागि बजारमै खटाउदै छौँ, व्यवसायीले पनि सकरात्मक कुरा राख्नुभएको छ, अब सबै करको दायरामा आउने छन् ।” अनुगमनका क्रममा यहाँका अधिकांश व्यवसायी उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग विकास समिति र कर कार्यालयमा दर्ता नभएको पाइएपछि अहिले जिल्लामा भएका निजी क्षेत्रका अस्पताल, किराना पसल, सुनचाँदी पसल, होटलमा तीव्र अनुगमन बढाएको छ ।

जिल्लामा कर तथा व्यवसाय दर्तालगायत अन्य विषयमा वर्षेनी अनुगमन हुने भए पनि कारवाही नहुँदा यहाँका व्यवसायदर्तामा नआएको कतिपएको बुझाइ छ । व्यवसायीले कर नतिर्दा सरकारलाई वर्षेनी लाखौँ घाटा हुँदै आएको छ । सिलगढी, पिपल्ला, एयरपोर्ट बजार, राजपुरलगायत ठाउँका व्यापारीले नगरपालिकामा व्यवसाय दर्ता गर्न अस्वीकार गर्दै आएका थिए । नगरपालिकाले सङ्कलन गर्ने गरेको कर सदुपयोग नगरेकोमा आलोचना गर्दै उद्योग वाणिज्य सङ्घको आह्वानमा दर्ता तथा नवीकरण गर्न व्यवसायीले मानेका थिएनन् । “दुवै पक्षबीचको सम्बन्ध सुमधुर हुनु राम्रो हो”, अनुगमन टोली सदस्य तथा पूर्व डोटी उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य गणेशबहादुर साउदले भन्नुभयो, “व्यवसायीबाट उठेको करको पारदर्शिता र सदुपयोग हुन्छ भन्ने विश्वास दिनसकेमा व्यवसायी करको दायरामा जान उत्साहित छन्, उठेको रकम कहाँ र के कामका लागि खर्च भयो जानकारी त हुनु पर्यो ।”

दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको कमला अफसेट प्रेसका सञ्चालक सर्वजित देउवाले कुन र कस्ता खालका व्यवसाय दर्ता गर्ने व्यवसायीले कुन तरिकाको दर्ता प्रक्रियामा जाने भन्ने कुरा नगरपालिकाले स्पष्ट नपारेका कारण पनि अधिकांश व्यवसायी दर्ता र करको दायरमा आउन नसकेको बताउनुभयो । “एकजना व्यवसायीले एकभन्दा बढी फर्मबाट कारोवार गरिरहेको बताउँदै, देउवाले भन्नुभयो, “कुनै कुनैले नगरपालिकामा दर्ता भएको एउटा फर्मको आधारमा धेरै व्यवासाय सञ्चालन गरिरहेका छन्, सबै फर्मलाई दर्ता गर्ने कि एउटा मात्र भए पुग्छ, पहिले त्यो कुरो स्पष्ट हुन जरुरी छ ।”

नगरपालिकाले व्यवसाय करमा बढी रकम लिने गरेका कारण पनि व्यवसायी व्यवसाय दर्ता प्रक्रियामा नजाने तथा कर तिर्न आनाकानी गर्ने गरेको दिपायल पिपल्लाका अर्का व्यापारी मोहन पातलीले बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य व्यवसाय गर्ने र ठूला व्यवसाय गर्नेको कर करिब करिब एउटै छ, ठूलाले तिर्न सक्छन सानाले कसरी तिर्ने, कर लिने प्रक्रियामा सुधार हुनुपर्छ ।” रासस

Share This Article
Email Copy Link Print
Previous Article दैलेखमा पिसिआर मेशिनः तीन दिनभित्र परीक्षण
Next Article रामपुरमा दुई झोलुङ्गे पुल बन्ने
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

© Sajha Sabal Media - 2026. All Rights Reserved.