२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग

२०७७, ६ असार शनिबार ०७:४०

असार ६, चितवन। जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग भएको छ । भरतपुरबाट रामपुर, चनौली, मेघौली हुँदै घोलाघाटसम्म जाने सडकलाई सरकारले वैकल्पिक सहायक राजमार्ग बनाएको हो । 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अब उक्त सडकको स्तरोन्नति र मर्मतलगायतका काम सडक विभाग अन्तर्गत आउने छ । सडक विभागले बजेट विनियोजन गरी बहुवर्षीय योजनामार्फत् सडकको काम गर्न यसले सहज वनाउने भएको छ । उहाँका अनुसार सो सडकको सबै क्षेत्रमा कम्तीमा सात मिटर फराकिलो कालोपत्रे हुनेछ । आगामी वर्षका लागि रु. तीन करोड बजेट विनियोजन भएको शर्माले जानकारी दिनुभयो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीका अनुसार सो सडक ३५ किलोमिटर  छ । विगतका वर्षमा पटकपटक सडक भत्किएर स्थानीयले सास्ती व्यहोर्दै आएका थिए । सो सडकको पूरै भाग भरतपुर महानगरपालिकाभित्र पर्दछ । महानगरको सबैभन्दा लामो सडक यही हो । महानगर प्रमुख रेनु दाहालले महानगर र चितवन–३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै पत्र मन्त्रालयमा पठाएर सडकलाई वैकल्पिक सहायक राजमार्गमा रुपान्तरण गरिदिन आग्रह गरिएको बताउनुभयो । 

प्रमुख दाहालले अव उक्त सडकको लागि महानगरले लगानी गर्न नपर्ने बताउनुभयो । पश्चिम चितवनका जनताका लागि महत्वपूर्ण यस सडकले पर्यटकीय क्षेत्रलाई राजमार्गसँग जोड्ने भएकाले यसको महत्व धेरै भएको दाहालको भनाइ थियो । सडकका कारण सदरमुकाम आवतजावतमा नै समस्या हुने गरेको भन्दै उहाँले आफ्नो आग्रहलाई मन्त्रालय र विभागले स्वीकारेको बताउनुभयो । जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य मेघौली भएको भन्दै उहाँले त्यस क्षेत्रको विकासमा पनि यस सडकको भूमिका उल्लेखनीय रहने बताउनुभयो । सडकको अन्तिम विन्दु गोलाघाट राप्ती र नारायणी नदीको मिलनविन्दु हो । जहाँ सूर्यास्तसँगै वन्यजन्तु हेर्न पर्यटक पुग्ने गर्दछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने