२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४७ जना नेपाली लिएर फर्कियो नेपाल एयरलाइन्स, बिदाई गर्न राजदूत बिमानस्थलमा

२०७७, ७ असार आईतवार ०२:३३

योगेन्द्र योगी | असार ७, दोहा |  कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी २४७ जना नेपाली स्वदेश फर्किएका छन् । 

साउदीको राजधानी रियादबाट नेपाल एयरलाइन्सको उडान नं  २१९२  बाट एक नावालक सहित २४७ जना नेपालीहरु स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । 

यसै उडानबाट विगत ६ महिना देखि नेपाली दूतावासको सेल्टरमा रहेका ४ जना महिला सहित १२  जना महिला पनि स्वदेश फर्किएका छन् ।

साउदी अरबका लागि नेपाली राजदूत डा: महेन्द्र प्रसाद सिंह राजपूत आफै बिमानस्थल पुगेर स्वदेश फर्किन लागेका नेपालीहरुलाई बिदाई गरेका थिए भने दूतावासका अन्य कर्मचारीहरू पनि विदाई गर्न बिमानस्थल पुगेका थिए ।


वैदेशिक रोजगारीबाट फर्केकाहरुले आफ्नो घरपरिवार, समाज र समग्र मुलुकका लागि आसा र भरोसा जगाउदै मुलुकको विकासमा महत्वपूर्ण  योगदान गर्न पनि स्वदेश फर्कन लागेकाहरुलाई राजदूत राजपूतले सुझाव दिएका थिए । 

बिहीबार भएको पहिलो चार्टर उडानबाट १५३ जना नेपाली स्वदेश फर्केका थिए । दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ ।

रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेको दूताबासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने