५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट ३ बच्चा सहित १४९ जना नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स, राजदूत पुगे विमानस्थल

७ असार २०७७, आईतवार ०३:०३

योगेन्द्र योगी | असार ७, दोहा | कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण  तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊ भन्दै फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए अनुरूप पहिलो चरणमा कतारको दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको  उडान न: २३९२ बाट १४९ जना नेपालीहरू स्वदेश फर्किएका छन्  । 


यो उडानमा ३ जना नाबालक, २९ जना सुत्केरीगर्भवती सहित ८२ जना महिला र ६४ जना पुरुषहरु रहेको दूतावासले जनाएको छ । स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए भने दूतावासका अन्य कर्मचारीहरू पनि बिदाई गर्न पुगेका थिए । 

अर्को उडान २२ तारिक र २४ तारिकमा हिमालयन एयर लाइन्स मार्फत हुने  दूतावासका दितिय सचिब प्रबिण भट्टराईले जानकारी दिएका छन् । दूतावासले नेपाल फर्कनै पर्ने नेपालीहरुको विवरण (११ जून २०२० सम्म प्राप्त) लाई आधार मानी ५११२ जनाको नाम सार्वजनिक गरेको थियो । 

उक्त सूचिमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्ने गरेको छ । यस अघि आममाफी पाएका ४३ जना र २० वटा शव कतार सरकारले नेपाल पठाई सकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध गृहमन्त्रीद्वारा गण्डकी प्रदेशलाई आपतकालीन गोदाम हस्तान्तरण शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे धवलशमशेर राणालाई क्यान्सरको फलोअप उपचारमा भारत जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप सुनसरीमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट, ६० लाख बराबरको क्षति काभ्रेको रोशीमा आगलागी हुँदा २ बालबालिका घाइते शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि