2026-06-20 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको बाटो खुल्यो, प्रक्रिया पुर्याएर श्रम स्वीकृति दिइने

मनोज पराजुली ।असार ७, काठमाडौं । सरकारले कोरोना महामारीका कारण विगत ३ महिनादेखि रोकिएको वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेसंगै श्रम स्वीकृति दिनको लागे बाटो खुलेको हो ।

सीसीएमसी बैठकले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई विदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने उल्लेख गरेको थियो । सोहि अख्तियारीको आधरमा श्रम मन्त्रालयको सिफारिसका आधारमा विदामा आएका साथै नयाँलाई पनि श्रम स्वीकृति दिने निर्णय आएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले साझा सबाललाई जानकारी दिए । 'जापान लगायत खाडी देशका केहि कामदार भिषा भएर पनि श्रमस्वीकृति नपाएकाहरु रहेका थिए अब श्रम स्वीकृति पाउनेछन्' प्रवक्ता घिमिरेले भने ।

नयाँ कामदार पठाउनको लागि सम्बन्धित  देशसंग समन्वय गरेर गन्तव्य मुलुकमा पठाउने हिसाबले गृहकार्य शुरु गरेका छौं  प्रवक्ता घिमिरेले भने 'अब एकदुई दिनभित्र नै श्रम स्वीकृति खुल्छ ।' गन्तव्य मुलुकले कामदार लिएमा कामदार जानको लागि आवतजावत खुला भएको पनि उनले बताए ।

नयाँ र पुन श्रम स्वीकृति दिनको लागि बाटो खुलेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले सझासबाललाई जानकारी दिए । श्रम मन्त्रालयले मार्ग निर्देशन तयार गरेर विभागमा पठाएपछि श्रम स्वीकृति दिन शुरु गरिने दाहालले बताए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशन पश्च्यात विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ प्रकारका श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

२ लाखको हाराहारी मागपत्र रहेका र २१ हजार श्रम स्वीकृति लिएर जान नपाएको अवस्था रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णु गैहेले साझा सवाललाई बताए । मलेसियामा रोजगारदाता कम्पनीले आफ्नै मापदण्ड बनाउने तयारी गरेका बारे जानकारी प्राप्त भएको उनले बताए । विदेशमा रहेका नेपालीलाई रोजगारी गुमाउने अवस्था आउन नदिन पनि सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

सरकारले असार २१ सम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । जसका कारण नियमित उडान भने हुने छैनन् तर तत्कालका चार्टर गरि विदेशबाट कामदार ल्याइएका जहाज फर्कने बेलामा लागि कामदार जान सक्ने प्रवक्ता घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ