2026-06-20 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट लकडाउन पछि सबैभन्दा धेरै नेपाली हिजो स्वदेश फर्किए, आज कुन कुन देशबाट आउंदैछन् ?

असार ८, काठमाडौँ । कोभिड -१९ का कारण विभिन्न देशमा समस्यामा परेका १५ सय ५१ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि हिजो सबैभन्दा धेरै नेपाली स्वदेश फर्किएका हुन् ।

विभिन्न देशमा समस्यामा रहेकाहरु ८ चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । हिजो सबैभन्दा धेरै यूएईबाट तीन उडानमार्फत पाँच सय ९७ जना नेपाली स्वदेश फर्किएका छन् ।

साउदीको रियादबाट १ बच्चासहित २४६ जना, कतारको दोहाबाट तीन बच्चासहित १४६ जना, कुवेतबाट पाँच बच्चासहित १६१ जना, बंगलादेशको ढाकाबाट २४५ जना, मलेसियाबाट १५६ जना स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आज पनि आउंदै 

आज बहराइनबाट पहिलो उडानमार्फत १५० जना नेपाली स्वदेश आइपुगेका छन् । कोरोनाको कारण बहराइनमा समस्यामा परेका नेपालीहरु नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत स्वदेश फर्किएका हुन् । जहाजमा तीन नेपालीको शव पनि ल्याइएको छ ।

यूएईबाट एअर अरेबियाको चार्टर्ड जहाजमार्फत नेपालीहरु फर्कंदै छन् भने पाकिस्तानमा रहेका नेपाली लिन हिमालय एअरलाइन्स त्यसतर्फ गइसकेको छ । हिमालयले ५६ जना पाकिस्तानी नागरिक र १६ जना नेपाली लिएर गएको छ । फर्कंदा कति नेपाली ल्याउँछ भन्ने यकिन नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

यस्तै आज माल्दिभ्सबाट पनि त्यहाँ समस्यामा रहेका नेपाली फर्कंदैछन् भने कुवेतले जजिरा एअरमार्फत त्यहाँ आममाफीमा सहभागी नेपालीलाई ल्याइदिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ