२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पाइप बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

९ असार २०७७, मंगलवार ०२:५८

असार ९, बागलुङ | बागलुङ बजारमा आपूर्ति हुँदै आएको  खानेपानीको पाइप पहिरोले विभिन्न स्थानमा बगाएको छ । अविरल बर्षाका कारण आएको पहिरोले भुदीखोला मुहान, दोविल्ला र रेशमा पाइप बगाएपछि पिउने पानी आपूर्ति नहुँदा बागलुङ बजारमा खानेपानी समस्या भएको छ । पहिरोले भुदी खोला मुहानमा पाँच, रेश जिरेदीमा नौ र दोविल्लामा तीनवटा जडान गरिएका पाइप बगाएपछि बजार क्षेत्रभित्र दुई दिनदेखि पानी आउन सकेको छैन ।

पटक–पटक आएको पहिरोले सदरमुकाममा ल्याइएको पानीको पाइप विभिन्न स्थानमा बगाउँदा पिउने पानी उपलब्ध गराउन नसकिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो । 

पाइप मर्मतका लागि कर्मचारी आइतबारदेखि खटिए पनि अविरल वर्षाका कारण काम गर्न कठिनाइ भइरहेको शर्माले बताउनुभयो । “अवरुद्ध भएको खानेपानी मर्मतका लागि प्राविधिक खटिए पनि वर्षाका कारण तीव्रगतिमा काम भएको छैन”, शर्माले भन्नुभयो, “छुट्टाछुटै स्थानमा गएको पहिरोले पाइप बगाउँदा मर्मतमा धेरै समय लाग्ने भएको हो ।”  निरन्तर वर्षा भइरहे पनि मर्मतकार्य जारी राखिएको र बजार क्षेत्रभित्र सहजरूपमा पिउने पानी आउन अझ केही दिन लाग्ने उहाँको भनाइ छ । 

पहिरोले रेशको जिरेतीमा सडकसमेत बगाउँदा मर्मत गर्ने स्थानमा पुग्नसमेत कठिनाइ उत्पन्न भएको छ । पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको हाहाकार नै भएको छ । बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेशखोला मुहान र भुदीखोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ । अहिले रिठेखोलाबाट ३.५ लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर प्रतिसेकेन्ड र भुदीबाट २० लिटर प्रतिसेकेन्ड पानी दैनिक आउने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य