२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यास, छांगरु र तिंकरमा खाद्यन्न अभाव नहुने

९ असार २०७७, मंगलवार ०७:२६

नरेन्द्रसिह कार्की । असार ९, दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले  यहाँको व्यास, छांगरु र तिंकर गाउँमा  खाद्यान्न अभाव हुन नदिन ‘ढुवानी बोलपत्र’ आह्वान गरेको छ ।

सो कम्पनीका कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भीमबहादुर थापाले त्रिदेशीय सीमा क्षेत्र नजिकका ती गाउँमा खाद्यन्न ढुवानी गर्न बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले सुर्खेतदेखि हेलिकप्टरमार्फत २०० क्वीन्टल खाद्यान्न ढुवानी गर्न १५ दिने बोलपत्र आह्वान गरिएको बताउनुभयो । 

दार्चुलाका व्यासीहरु कुञ्चा सरेपछि सो क्षेत्रमा खाद्यान्न अभाव हुने जनाउँदै सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा लगायतले वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हालै भेटगरी  खाद्यान्न ढुवानी गर्न माग गर्नुभएको बताइएको छ । 

विगतमा व्यासका स्थानीयवासीले चीनको ताक्लाकोट र भारतीय नाका हुँदै खाद्यान्न ढुवानी गर्दथे । बन्दाबन्दीका कारण नाका नाका बन्द रहेका छन् । अहिले व्यासीहरुले पुरानो मौज्दात खाद्यान्नको प्रयोग गरिरहेका व्यासका स्थानीय विमल बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय उत्पादन र विगतमा बाँकी  राखिएको खाद्यान्न उपभोग गरिरहेका छौँ । ”

सरकारकारले दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा पारित गरेपछि ती क्षेत्रलाई उच्च महत्वका दिएको छ  । सीमावर्ती क्षेत्रका आफ्ना नागरिकलाई खाद्यान्न समस्या हुन नदिन सरकारले अहिले महंगो मूल्यमा खाद्यान्न ढुवानी गर्न लागेको हो ।

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि हेलिकप्टर मार्फत नै खाद्यान्न ढुवानी भएको थियो । नेपालतिर भएर गाउँ जान बाटो नभएपछि स्थानीयहरु व्यास कुञ्चा भारतीय बाटो हुँदै गएका थिए । बाटो नहुँदा खाद्यान्न ढुवानी गर्न नपाएका सर्वसाधारणको लागि  हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने भएपछि स्थानीय समेत खुसी छन् ।

व्यासको छांगरु र तिंकरमा वर्षमा एक पटक मात्रै खेती हुने गरेको छ । सो क्षेत्रमा आलु, फापर, उवा, कोदो जस्ता अन्नबाली फल्ने गर्छ । व्यासको छांगरुमा ११५  तथा तिंकरमा ६५ घरधूरीको बसोबास छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने