२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतबाट स्वदेश फर्कन लागेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

२०७७, ९ असार मंगलवार १०:५२

असार ९, काठमाडौं । कुवेतस्थित नेपाली दुतावासले नेपाल फर्कन लागेका नेपालीहरुलाई समयमै एयरपोर्ट पुग्नु हुन अनुरोध छ ।  विभिन्न समस्याका कारण आफ्नै व्यवस्थामा नेपाल फर्कनको लागि दूतावासमा नाम दर्ता गरी नेपाल स्थित हिमालय एयरलाइन्सबाट टिकट लिएका व्यक्तिहरुको आज हुने उडानका लागि समयमै एयरपोर्ट पुग्न आग्रह गरेको छ ।

दुतावासद्वारा जारी सूचना 

हिमालय एयरलाइन्सको उडान सम्बन्धी जरूरी सूचना ।

विभिन्न समस्याका कारण आफ्नै व्यवस्थामा नेपाल फर्कनको लागि दूतावासमा नाम दर्ता गरी नेपाल स्थित हिमालय एयरलाइन्सबाट टिकट लिएका तपसिलका व्यक्तिहरुको आज हुने उडान सम्बन्धमा प्राप्त हुन आएको विवरण आवश्यक जानकारीका लागि प्रकाशित गरिएको छ : 

स्थान : कुवेत एयरपोर्ट टर्मिनल १ (एक )

उडान कुवेत आइपुग्ने समय : २४ जुन २०२०, विहान ००: ४५ बजे (आज राती पौने एक बजे)

कुवेतबाट -काठमाडौं प्रस्थान समय : २४ जुन २०२०, (विहान ०२: १५ बजे)

(प्रस्थान उडान न H95714)

१) कर्फ्यु बाहेकको समय विहान ५ बजे देखि बेलुकी ७ बजे सम्म मात्र हुने भएकोले सो कुरालाई समेत ध्यानमा राख्दै समयमै एयरपोर्ट पुग्नु हुन अनुरोध छ।  

२) अधिकतम ब्यागेज २० किलो र ह्यान्ड ब्याग ७ किलो मात्रै भएको समेत जानकारी प्राप्त भएको छ। 

३) लकडाउनमा परेका फर्वानिया, माहबुल्ला, जिलिब आदि क्षेत्रमा बस्नेहरूलार्इ चेकिङ् हुने भएकोले पासपोर्ट र टिकट साथमा लिर्इ सुरक्षाकर्मिले मागेको अवस्थामा देखाउनु होला । यस सम्बन्धमा कुवेत सरकारका सम्बन्धित निकायलार्इ समेत जानकारी गराइसकिएको छ ।

(कुनै समस्या परे तत्काल सम्पर्कका लागि दूतावासका अरबी भाषा बोल्ने कर्मचारीहरू

क्यामिलिया, मोबाइल नम्बरः९०९०६४२२; इब्राहिमः मोबाइल नम्बरः ६६६७१५२७; मित्र बहादुर सिंजाली, मोबाइल नम्बरः ९९६८९२३१ को मद्दत लिनुहोला ।)

४) प्रस्थान पूर्वको स्वास्थ्य परीक्षणको लागि दूतावासबाट अनुरोध भैसकेकोले टर्मिनल १ (Terminal 1) को जोन चारमा (zone 4)आज बेलुकी ९ बजे भन्दा अगाडि नै पुग्नुहोला ।

५) स्वास्थ्य परीक्षण पछि प्राप्त हुने  प्रमाण अनिवार्य रूपमा साथै राख्नुहोला । यस सम्बन्धी जानकारी यस अघिका सूचना मार्फत समेत अवगत गराइसकिएको छ ।

नामावली हेर्नुहोस् 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी