2026-06-20 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कतारबाट जुन २७ मा स्वदेश फर्कने १७४ जना नेपाली

योगेन्द्र योगी | असार १०, दोहा | कोरोनाका कारण समस्यामा परेका नेपालीहरुलाई  २७ जुन मा नेपालका लागि दोश्रो उडान हुने कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले असार ४ गते निकालेको सूचनामा नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने जनाएको थियो ।

उक्त उडान २७ जुन अर्थात् असार १३ गते हुने छ भने उक्त उडानबाट समस्यामा परेका १७४ जना नेपाली स्वदेश फर्किने दूतावासले जनाएको छ । फर्किनेहरुको सूची दूतावासले सार्वजनिक गरेको छ ।

उक्त उडान अनुमतति र यो सूचीमा परेका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त गर्नका लागि आवश्यक पत्राचार भैसकेको र सो अनुमित प्राप्त भएपछि मात्र उडान गर्न सकिने दूतावासले जनाएको छ ।

हवाई टिकटका लागि नेपाल एयरलाइन्सको तोकिएको ट्राभल एजेन्टमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । साथै, हवाई भाडा, स्वास्थ्य परीक्षण लगायतका विषयमा यसअघि नै दूतावासले जानकारी गराईसकेको छ ।

दूतावासका अनुसार यस अघि २० जुनको नेपाल एयरलाइन्सको उडानको लागि नाम प्रकाशित भै तोकिएको उडानमा विविध कारणले जान नसकेका  यात्रुहरुले अब हुने उडानमा नेपाल जानका लागि उल्लेखित ट्राभल एजेन्सीसँग सम्पर्क गर्न सकिने जनाएको छ ।

साथै, यस उडानमा  सिट क्षमता नपुग भई प्रतिक्षा सूचीमा पर्नुहुने यात्रुहरुले एयरलाइन्सको पछिल्ला उडानमा यात्रा गर्न सक्नेछन् । त्यसैगरी पर्याप्त यात्रु नपुगेमा एयरलाइन्सले त्यसपछिका उडानका यात्रुलाई समावेश गर्न सक्ने दूतावासले जनाएको छ । यसअघि २० शव, आममाफी पाएका ४३ जना सहित ३३७ जना नेपाली स्वदेश फर्किसकेका छन् । आज पनि एक सय पचास जना नेपाली स्वदेश फर्कदै छन् । 

नामावली हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ