२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुरुङ गाउँमा बहुउद्देश्यीय भवन

२०७७, १० असार बुधबार ०४:५२

असार १०, रोल्पा । स्थानीय गुरुङ गाउँमा पर्यटन विकासका लागि बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सामुदायिक घरबास प्रवद्र्धनका लागि उक्त भवन निर्माण गरिएको हो । 

गुरुङको घना बस्ती रहेको सो स्थानमा निर्माण गरिएको सामुदायिक भवनमा  कला, संस्कृति र  वेशभूषा संगृहीत गरिने गुरुङगाउँ सामुदायिक होमस्टेका अध्यक्ष हरिशजंग गुरुङले जानकारी दिनुभयो । नब्बेभन्दा बढी गुरुङका  घर रहेको सो स्थानमा पाँच घरमा घरबास सञ्चालन गरिएको छ ।  गुरुङ परिकारका साथै ढिँडो, सिस्नो, खोले, स्थानीय कुखुरा, मकै, भटमास, दही, मही जस्ता स्थानीय परिकार उपलब्ध हुने भएकाले उक्त घरबासमा जानेको संख्या उल्लेख्य रहेको घरबास सञ्चालक पविसरा गुरुङले जानकारी दिनुभयो ।  पर्यटकलाई स्थानीय किसानले उत्पादन गरेको मकैको थोता रङ्गाएर बनाएको माला पहिर्याएर स्वागत सत्कार गर्ने प्रचलन छ । 

अहिले कोरोना भाइरसका कारण  भएको बन्दाबन्दीले चहलपहल घटेको गुरुङले बताउनुभयो । जिल्ला सदरमुकाम लिबाङदेखि एक घण्टाको उकालो पैदल यात्रा गरी पुगिने उक्त स्थानवाट रमणीय दृश्यावलोकन गर्न सकिन्छ । लिवाङ गुरुङगाउँ हुँदै सातदोबाटोस्थित नेपालकै अग्लो भ्यूटावर जाने सडक जोड्न सके यहाँको पर्यटनमा योगदान पुग्ने स्थानीयवासी देवी गुरुङको भनाइ छ । 

संघीय सरकारको रु दुई करोड ८९ लाख ४४ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । सामुदायिक भवनका दुई तलामा बैठक कक्ष र  मञ्च तथा बाहिर ढोकासहितको आकर्षक उद्यानसमेत निर्माण गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना दाङको प्राविधिक सहयोगमा उक्त भवन निर्माण गरिएको होम स्टेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता