2026-09-13 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

१३ फरार प्रतिवादी पक्राउ

असार १०, दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा १३ फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्ष ०७६/७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको

हो ।

पक्राउ परेकाहरुबाट १४ वर्ष चार महिना चार दिन कैद र रु तीन लाख छ हजार ८०२ जरिवाना असुल उपर गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । त्यस्तै जघन्य अपराधतर्फ कर्तव्य ज्यानका तीन, जबरजस्ती करणीका ११ व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ । 

मुलुकी अपराध सहिंता, २०७४ बमोजिम अनुसन्धान अधिकारीले धरौटी लिई छाड्न सक्ने कानूनको कार्यान्वयन गर्दै लागुऔषध, हातहतियार तथा खरखजाना र झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिने अभियोगमा पक्राउ परेका चार वटा मुद्दाको पाँच व्यक्तिबाट धरौटी लिई प्रहरी कार्यालयमा खातामा जम्मा गराई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।

साथै अवैध चोरी निकासीमा संलग्न ७२ वटा सवारी साधनलाई कानूनी दायरामा ल्याई सम्बन्धित निकायमा दाखिला गरी रु आठ लाख ९२ हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । प्रहरीले यस अवधिमा २२२ थान मुद्दा फछ्र्यौट गरेको छ । जेठ मसान्तसम्म ३६५ थान मुद्दा दर्ता भएकामा २२२ मुद्दा फछ्र्यौट भएको छ भने १४३ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले