२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली प्रदेश समाचार : समस्याका आधारमा सिँचाइ र कृषि सडक निर्माण

१० असार २०७७, बुधबार ०५:१४

हेमन्त केसी । असार १०, जाजरकोट। कर्णाली प्रदेश सरकारले समस्याका आधारमा सिँचाइ र कृषि सडक निर्माणकार्य जारी राखेको छ । जाजरकोटमा रु दुई करोड ७० लाखमा ११ कृषि सडक निर्माण भइरहेको र रु चार करोड २५ लाखमा २२ वटा सिँचाइ योजना सञ्चालनमा रहेको कृषि सेवा कार्यालय जाजरकोटका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । 

यीमध्ये ७० प्रतिशत योजना सम्पन्न भइसकेका छन् । बाँकी ३० प्रतिशत योजना निर्माणको अन्तिम चरणको पुगेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । कृषिजन्य वस्तु उत्पादनका लागि पकेट क्षेत्र भएका ठाउँमा सडक र सिँचाइ सुविधा उपलल्ध गराइएको कार्यालयले जनाएको छ । नलगाड नगरपालिका–७ खगेनमा खेतीयोग्य जमीन धेरै भए पनि सिँचाइ नहुँदा समस्यामा परेका कृषकलाई मध्यनजर गरी यसपटक रु २० लाखको योजना सञ्चालन निर्माणकार्य पूरा भएको छ । योजना सम्पन्न भएसँगै यहाँका ५० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । कृषकलाई बीउ, सिँचाइका लागि पाइप (सहायक लाइन), प्लाष्टिक टनेल, विषादी प्रयोग गर्ने भाँडासमेत वितरण गरिएको छ । 

घर नजिकैबाट पानी बगे पनि अर्थाभावका कारण सिँचाइ गर्न नपाएर हैरान भएका जुनिचाँदे गाउँपालिका–१ सानीआग्रीका ३० घरधुरी यसपटकदेखि १२ महिना सिँचाइ सुविधा उपभोग गर्न पाउने भएका छन् । अधिकांश दलित समुदाय भएको यहाँ वर्षेबाली आकाशे पानीको भरमा लगाउने भए पनि हिउँदयाममा भने खेतबारी बाँझै रहने गरेका थिए । यो वर्ष सिँचाइ सुविधा पुगेसँगै अब यहाँका जमीन बाँझो नरहने स्थानीयवासी लोकबहादुर बुढाले बताउनुभयो । उहाँले पाँच वर्ष अघिदेखि योजना माग गरे पनि बल्ल पूरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

बाँच्ने आधार तय हुने जमीनमा सिँचाइ सुविधा पुगेर अब बाह्रै महिना खेती गरी हराभरा बनाउने ढोका खुलेको भन्दै सानीआग्री सिँचाइ योजनाका अध्यक्ष अम्बरबहादुर बुढाले गाउँवासीमा धेरै खुशी थपिएको सुनाउनुभयो । त्यस्तै ६० घरघुरीभन्दा बढी सर्वसाधारण बसोबास गर्ने छेडागाड नगरपालिका–११ झार्पामा पनि सिँचाइ सुविधासम्पन्न भएको छ । यहाँ रु ५० लाखमा छट्केखोला सिँचाइ योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिनुभयो । झार्पाका गाउँगाउँमा पानीको नहर पुगेसँगै कृषिजन्य वस्तु उत्पादन गर्न सजिलो भएको अध्यक्ष शाहीले खुशी व्यक्त गर्दै भन्नुभयो ।

 उता कुशे गाउँपालिका–८ मालुतरामा सिँचाइ सुविधा आधा निर्माण गरिएको छ । प्रदेश सरकारले दिएको रु १५ लाखमा आधा काम भएको र अर्को वर्ष बजेट थप गरेमा मात्र यहाँका सर्वसाधारणले राम्रोसँग सिँचाइ सुविधा उपभोग गर्न पाउने भएका छन् । एक सय १० घरधुरी रहेको मालुतरामा अब रु १० लाख आवश्यक रहेको उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र रोकायले जानकारी दिनुभयो । अधिकांश पाखो जमीन रहेको मालुतरामा सिँचाइ योजना सम्पन्न भएसँगै यहाँका सर्वसाधारण सिँचाइ सुविधाको पहुँचमा पुग्ने छन् । सिँचाइ सुविधा पुगेको ठाउँमा कार्यालयले सिँचाइ गर्न, औषधि प्रयोग गर्नका लागि विभिन्न उपकरणसमेत वितरण गरेको छ । त्यस्तै कृषिजन्य वस्तु उत्पादन भई बजारीकरण गर्न कृषि सडक निर्माण कार्यसमेत जारी रहेको छ ।

 यो सँगै अहिले जिल्लाभरि समस्या र प्रथामिकताका आधारमा कृषि विकास कार्यालयले योजना निर्माणकार्य जारी राखेको छ । जुनिचाँदे गाउँपालिकामा ओखरका बिरुवासमेत वितरण गरी अर्को वर्ष फल दिने सम्भावना बढेको छ । त्यस्तै जैविक उत्पादनका लागि जिल्लाका कुशे गाउँपालिकामा विभिन्न कामहरु भएको सूचना अधिकारी टोपेन्द्र विकले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यको इच्छानुसार केही योजना सञ्चालन भएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा त्यस्ता योजना प्रदेशसभा सदस्यले सञ्चालन गर्नुभएको छ । 

 जिल्लाको कूल जमीन दुई लाख २२ हजार ८८१ हेक्टर रहेको छ । यसमध्ये कूल खेतीयोग्य जमीन २५ हजार ३८४ हेक्टर छ । त्यसमध्ये १६ हजार ६९८ हेक्टरमा खेती गरिएको छ । सात हजार ९११ हेक्टरमा सिँचाइ गर्न सक्ने अवस्था रहेको छ । चार हजार ९६९ हेक्टरमा मात्र वर्षभरि सिँचाइ गर्न सक्ने अवस्था छ । सबैभन्दा बढी जाजरकोटमा मकैबाली उत्पादन हुने गरेको छ । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य