२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट स्वदेश फर्कन चाहने ७ हजारको विवरण सार्वजनिक, हेर्नुहोस् नामावली सहित

१० असार २०७७, बुधबार ०६:०२

असार १०, काठमाडौं । मलेसियामा रहेका ७ हजार ३४१ जना नेपालीले स्वदेश फर्कन आफ्नो विवरण टिपाएका छन् । मलेसियामा रहेको नेपाली दुतावासका अनुसार भिसाको अवधि सकिएका, कामबिहीन भएका, कोरोनाबाट प्रभावित, गर्भवती, बिरामी लगायतले स्वदेश फर्कनको लागि नाम टिपाएका छन् ।

सरकारले विदेशबाट तत्काल स्वदेश ल्याउनको लागि तोकेको प्राथमिकतामा पर्ने ७ हजार ३४१ जनाको सूची दूतावासले सार्वजनिक गरेको हो । मलेसियाबाट दुई उडानमार्फत त्यहाँ समस्यामा परेका केही नेपाली फर्किएका छन् ।

मलेसियामा पहिले दूतावासमा आफ्नो विवरण टिपाउनेलाई पनि दूतावासले फेरि विवरण भर्न लगाएको थियो । दूतावासले सार्वजनिक गरेको तथ्याँक अनुसार अधिकांश श्रम र भिसा सकिएर स्वदेश फर्कन खोज्नेहरु रहेका छन् ।

यस्तै मलेसियाबाट फर्कनेलाई मलेसियाको अध्यागमन कार्यालयले चेकआउट मेमो वा बिदाको पत्र मध्ये एक खोज्ने गरेको दूतावासले जनाएको छ । रोजगारी भिसामा मलेसिया गएका तथा भिसाको अवधि सकिएकाहरुलाई स्वदेश फर्किन चेक आउट मेमो आवश्यक पर्दछ । चेक आउट मेमो पहिले नै बनाएको र त्यसको म्याद सकिएको भएपनि स्वदेश फर्किन बाधा नपर्ने दूतावासले जानकारी दिएको छ ।

यसैगरी भिसाको अवधि धेरै बाँकी रहेको तर स्वदेश फर्किनेहरुले भनें कम्पनीबाट विदाको पत्र बनाएर मात्र स्वदेश फर्किने प्रकृया गर्न दूतावासले सुझाव दिएको छ । नेपाल फर्किनेहरुले आफू फर्किने जहाज चढ्न तथा नेपाल प्रवेश गर्न नेपाल पुग्ने दिनको सात दिन भित्रको कोभिड १९ परीक्षणको रिपोर्ट साथमा राख्न पनि दूतावासले सूचित गरेको छ ।

स्वदेश फर्कने इच्छुक नेपालीको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य