2026-06-19 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट तेश्रो उडान मार्फत १ सय ५८ जना नेपाली लिएर उड्यो हिमालय एयरलाइन्स

योगेन्द्र योगी | असार ११, दोहा | कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण स्वदेश फर्किन नपाएका तथा कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊ भन्दै फारम भरेका प्रथामिकताको आधारमा परेका १५८ जना नेपाली लिएर हिमालय एयरलाइन्स हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँका लागि उडेको छ । 

तेश्रो चरणमा हिमालय एयरलाइन्सको उडान न: एच ९५६३२ बाट १४६ जना पुरुष ,१० जना महिला २ जना बच्चा सहित १ सय ५८ जना नेपालीहरू स्वदेश फर्किएका छन्  । स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न एनआरएनए प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।  

अब अर्को उडान २७ जुन अर्थात् असार १३ गते नेपाल एयरलाइन्स मार्फत हुने छ भने उक्त उडानबाट समस्यामा परेका १७४ जना नेपालीको सूची दूतावासले सार्वजनिक गरिसकेको छ ।

उक्त उडान अनुमतति र यो सूचीमा परेका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त गर्नका लागि आवश्यक पत्राचार भैसकेको र सो अनुमित प्राप्त भएपछि मात्र उडान गर्न सकिने दूतावासले जनाएको छ । 

यस अघि आममाफी पाएका ४३ जना,२० वटा शव, नेपाल एयरलाइन्स मार्फद एक सय ४९ जना र हिमालय एयरलाइन्स मार्फद १४५ जना स्वदेश फर्किसकेका छन् । दूतावासले अर्को उडानको सूची सार्वजनिक गरे पनि मिती भने तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ