2026-06-19 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएले कुवेतले भन्यो: नेपालीहरुले महँगोमा टिकट किन्न सक्दैनन्

योगेन्द्र योगी | असार ११, दोहा | नेपाल सरकारले तोकेको भाडादर महँगो भएकोले टिकट काट्न नसकेको भन्दै कुवेतस्थित नेपाली दूतावासलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् । 

गैर आवासीय नेपाली संघ कुवेतसहित २९ विभिन्न संघसंस्थाले संयुक्त रुपमा नेपाली दूतावासलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको एनआरएनएले कुवेतका अध्यक्ष सुजन केसी जानकारी दिए ।

विभिन्न संघसंस्थाका प्रतिनिधिसहित नेपाली दूतावास पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो । टोलीको तर्फबाट गैर आवासीय नेपाली संघ कुवेतका आइसिसी सदस्य अमित चाम्लिङले राजदूत दुर्गा प्रसाद भण्डारीलाई ज्ञापनपत्र हो ।

रोजगारी गुमाई लामो समयदेखि मासिक तलब नपाएका, थोरै तलबमा काम गरेका र बिमारीले नेपाल सरकारले तोकेको ४१० अमेरिकी डलरमा टिकट किन्न नसकेको हुँदा पुर्नविचार गरी भाडादर तोकिदिन हुन माग गरिएको छ । 


साथै सस्तो भन्दा सस्तो दरमा नेपाल लैजानका लागि प्रतिस्पर्धाका आधारमा हवाई कम्पनी छनौट गर्न पनि आग्रह गरिएको केसीले बताए ।

त्यस्तै, लामो समयदेखि बिमारी अवस्थामा रहेका श्रमिक, महामारीका कारण कम्पनी बन्द भई लामो समयदेखि तलब नै नपाएर अप्ठ्यारोमा परेका स्वयं टिकट काटेर स्वदेश फर्कन नसक्ने अवस्थामा रहेकालाई विदेशी भूमिमा मर्नपर्ने गरी अलपत्र अवस्थामा परेकालाई वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट खर्च हुने गरी उद्धार गरेर स्वदेश फर्काउन पनि माग गरिएको छ ।


ज्ञापनपत्रमा लेखिएको छ , ‘खाडी मुलुकमै पर्ने अन्य देशमा नेपाली राजदूतावासले राहत बाँडिरहेको अवस्थामा भोकले छटपटाईरहेका नेपाली नागरिक पटकपकट दूतावाससम्म चर्को घाममा हिँडेर जाँदा पनि कुनै किसिमको सहयोग नहुनुको कारण स्पष्ट पार्न अनुरोध छ । नेपाली राजदूतावास, कुवेतले अहिलेसम्म वितरण गरेको राहत विवरण सार्वजनिक गर्न हुन माग गर्दछौ। ‘

नेपाल सरकारले खाडी मुलुकमा कार्यरत र अहिले आपतमा परेका श्रमिकलाई उद्धार गर्न पठाएको रकम नेपाली दूतावास कुवेतमा कति आएको छ भन्ने विषय सार्वजनिक गरी पीडितलाई यथाशिघ्र उद्धार गर्न आग्रह गरिएो हो ।

साथै दूतावासको हटलाइन नम्बरमा फोन गर्दा रिसिभ नहुने र सबै श्रमिकसँग लोकल नम्बर नभएकाले यथाशिघ्र व्हाट्स एप,भाइभर र इमो नम्बरको व्यवस्था गरी सेवा सञ्चालन गर्न र सर्वसाधारण र गम्भीर अवस्थाका बिमारीले फोन गर्दा एम्बुलेन्स नआउने र अस्पतालमा उपचार पाउन नसकेकाहरुकोलाई अस्पताल वा सम्बन्धि निकायसङ्ग दूतावासले समन्वय गरि उपचारमा सहजता गराइदिन पनि माग गरिएको छ । 

यस्तो छ विज्ञप्ति


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ