२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतबाट अहिलेसम्म १८ सय ६९ जना नेपाली स्वदेश फर्किए, आज पनि एक सय ५० जना नेपाली फर्कदै

२०७७, १२ असार शुक्रबार ०४:५४

योगेन्द्र योगी | असार १२, दोहा | कुवेतबाट अहिलेसम्म १२ उडानमार्फत १८ सय ६९ जना स्वदेश फर्किसकेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार अहिलेसम्म  नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एकएक उडानमार्फत ३०४ जना र कुवेतको जजिरा एअरको १० उडान गरी जम्मा १८ सय ६९ जना स्वदेश फर्किसकेका छन् ।

जजिरा एअरमार्फत कुवेत सरकारले भिसा उल्लङ्घन गर्नेका लागि घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भएकालाई १० वटा उडानमार्फत स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।आममाफीमा सहभागी करिव तीन हजार रहेको र बाँकीलाई पनि   कुवेत सरकारले क्रमश: सबैलाई स्वदेश पठाई रहेको छ ।


आममाफी बाहेक कोरोनाका कारण समस्यामा परेका नेपालीलाई  दुईवटा चार्टर्ड उडानमार्फत स्वदेश पठाएको दूतावासले जनाएको छ ।

स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका गर्भवती, कोरोना बाहेकका गम्भीर रोगका बिरामी, काजकिरियाका लागि फर्कन पर्नेहरु, अपांगता भएकालगायतका व्यक्तिलाई प्राथमिकतामा राखेर स्वदेश पठाएको दूतावासले जनाएको छ ।

समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि सहजीकरण र बिदाई गर्न कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी आफैं विमानस्थल पुगेका थिए । आज पनि आममाफी पाएका एक सय ५० जना नेपाली फर्कदै छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो