2026-09-25 02:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘धन ल्याउछु भन्दै उडेकाहरु’ यसरी फर्कन्छन् बाकसमा

योगेन्द्र योगी | असार १४, दोहा | आफ्ना इच्छा, चाहना वा आवश्यकता परिपूर्तिका लागि आफ्नो देश छाडेर रोजगारिका लागि अन्य मुलुक जानुलाई नै वैदेशिक रोजगारिका रुपमा लिइन्छ ।

नेपालमा औद्योगिक क्रियाकलाप अत्यन्तै कमजोर भएको र कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्नाले आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि कठिन परिरहेको छ । 

जसले गर्दा अहिले लाखौ नेपाली युवा वैदेशिक रोजगारमा जान बाध्य भइरहेका छन् र रोजगारी गएका युवाहरु मध्ये दैनिक एक जना त काठको बाकसमा फर्किने गरेका छन् । 

लोक गायक प्रकाश सपूतलेले भने जस्तै ‘धन ल्याउछु भन्दै गएका थियौ, उडेर आकाशमा । कस्तो भइ गयौ, कस्तो भइ आयौ, काठको बाकसमा।’ यो गीतलाई चरिथार्थ गर्दै सुन्दर सपनाहरु मनमा राखेर खाडी लगायत बिभिन्न देश पसेका नव जवान युवाहरु यसरी दैनिक काठको बाकसमा फर्किनु पर्दा कस्को मन नरोला र ?

यस्तै, कोरोना र अन्य विभिन्न कारणले खाडी लगायत मलेसियामा मृत्यु भएर रोकिएका ८७ वटा नेपाली कामदारको शव नेपाली पठाईएको खाडीस्थित नेपाली दूतावासहरुले जनाएका छन् । विदेशबाट नेपालीहरुको स्वदेश फिर्ती सँगै त्यहाँ रोकिएका शव पनि नेपाल पठाईएको हो ।  

नेपालमा लकडाउन भएपछि  कोरोना लगायत अन्य विभिन्न कारणले ४० जनाको मृत्यु भएको र हालसम्म २० जनाको शव नेपाल पठाईसकिएको छ भने ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारमा अझै ११ जनाको शव रहेको छ । 

हालसम्म साउदीबाट २० वटा शव, मलेसियाबाट ३१ वटा शव, कुवेतबाट ७ जना शव नेपाली पुगिसकेको छ भने यूएईबाट ५ नेपालीको शव नेपाल पठाईसकिएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ ।

यस्ता, बहराइनबाट ३ वटा शव, ओमानबाट १ वटा शव पनि नेपाल पुगिसकेको छन् । अझै बाँकी कतारमा ११ जनाको शव, साउदीमा ५९ शव र मलेसियामा २३ शव बाँकी रहेको त्यहिँ स्थित दूतावासहरुले जनाएका छन् । यस्तै यूएईमा १४ जनाको शव, कुवेतमा ५ जनाको शव र बहराइनमा १ जना शव नेपाल पठाउन बाँकी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान