२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आधुनिक सडक निर्माण गर्दै भीमदत्तनगर

२०७७, १४ असार आईतवार ०४:१२

असार १४, कंचनपुर | कोभिड–१९ रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको भीमदत्तनगर बजार क्षेत्रको पक्की नालिसहित सडक निर्माणको कार्य शुरु गरिने भएको छ । भीमदत्त नगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारका सबै गल्लीमा नालीसहित सडक बनाउन लागिएका हुन् । सडक निर्माणका लागि रु एक अर्ब ७६ करोडको बोलपत्र आव्हान भैसकेको छ । 

भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महामारीका कारण सडक निर्माणको कार्य केही ढिलो भएपनि ठेक्का बन्दोवस्ती भइ सकेको बताउनुभयो । “सडक निर्माणको कार्य समयमै शुरु गरेर निर्धारित समयमै पूरा गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नु भयो, “साझेदार संस्था निर्धारि तसमयमै निर्माण कार्य पूरा गर्ने सहमति भएको छ ।” 

भीमदत्त नगर बजारका पाँचै गल्लीमा १३ दशमलव ८५ किलोमिटर नालीसहित सडक निर्माण गर्ने योजना छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत भीमदत्त नगरपालिकामा ३५ किलोमिटर नालीसहित पक्की सडक निर्माण गरिनेछ । त्यसमध्ये पहिलो चरणमा बजार क्षेत्रमा सडक बनाउन लागिएको हो । पहिलो चरणमा पाँच गल्लीमा नालीसहित उच्च गुणस्तरीय सडक बनाइने र त्यसपछि अन्य सडक निर्माणको कार्य शुरु गरिने नगरप्रमुख विष्टले बताउनुभयो ।

नालीसहितका पक्की सडकका लागि सबै पुराना सडक भत्काइने भएका छन् । सडक निर्माणसँगै फुटपाथ हटाइने भएको छ । नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक तरिकाले कालोपत्रे गरिनेछ । पश्चिमी सीमा नाकाको सहर महेन्द्रनगर भारतको राजधानी दिल्लीदेखि झण्डै ३५० किलोटिमर दूरीमा छ । भीमदत्त नगरमा गत वर्ष आधुनिक बसपार्क निर्माण गरी सञ्चालमा आएको छ । भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण, सडक निर्माण लगायतका योजना सञ्चालनमा रहेका छन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो