२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईस्थित दूतावासले भन्यो ‘बदनाम गराउन भिडियो खिचियो’

२०७७, १४ असार आईतवार ०४:३६

योगेन्द्र योगी | असार १४, दोहा | विगत दुई हप्तादेखि विभिन्न मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको भिडियो सुनियोजित र दूतावासलाई बदनाम गराउने उद्देश्यले भिडियो खिचेको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोनाका कारण कम्पनी बन्द भएपछि आफ्नो समस्या लिएर दूतावास पुगेका पिडित शिव वच्चन शाह रौनियार दूतावासका कर्मचारीसँग संवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल  भएपछि दूतावासको यस्तो प्रतिक्रिया आएको हो ।

रौनियार र उनिसँग सम्वन्धित केही भिडियो तथा प्रकाशित समाचार प्रति दूतावासको ध्यानाकर्षण भएको विज्ञप्ति जनाएको छ । दूतावासले उक्त भिडियो दूतावासलाई बदनाम गर्ने उद्देश्य सुनियोजित भएको एक बिज्ञप्ति मार्फत दूतावासले जनाएको छ ।

दूतावासले भनेको छ 'पिडित रौनियारले आफ्नो समस्या दूतावासमा राखे लगतै आफूहरुले सम्वन्धित कम्पनीसँग सम्पर्क गरि समस्या समाधानको पहल गरिरहेका थियौं ।' 

एनआरएनएसंग सहकार्य गरि  खान र बस्नको व्यवस्था गरेको र कोठासम्म पुग्ने खर्च समेत दूतावासले नै उपलब्ध गराएको दुतावासले जनाएको छ ।

नेपाल फिर्ताको लागि प्राथमिकताको आधारमा नामावली प्रकाशन भएको र हवाई टिकटको समेत दूतावासले व्यवस्था गरि नेपाल एयरलाइन्स मार्फत गत जुन २७ मा नेपाल फर्काउने तयारी गर्दा निज रौनियारको इमिग्रेसन समस्या भएर नेपाल फर्कन नसकेको तर दूतावासले आगामी ३० जुनमा नेपाल पठाउन लागेको विप्तिमा जनाएको छ ।

यता, यूएईबाट कोरोना लगायत बिभिन्न कारण स्वदेश फर्किन नपाएर बसेका हालसम्म एक हजार ८ सय ८९ जना नेपाली नागरिकहरुलाई स्वदेश पठाईसकेको दूतावासले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट