2026-09-05 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धन कमाएर सुन्दर घर बनाउने रामबाबुको सपनामा कालो बादल मडारिएपछि…

योगेन्द्र योगी | असार १५, दोहा | प्रायजस्तो बिदेशीने नेपालीहरुले सोचेका हुन्छन् धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य बनाउने अनि परिवारका सदस्यहरुको आवश्यकता र चहाना पूरा गर्न ठुलो सपना बोकेर गाउँमा बुढा बाबा-आमा र स-साना भाई-बहिनीहरुलाई छोडेर कतार आएका थिए सिराहाका रामबाबु महतो । 

आज भन्दा एकवर्ष पहिले कतारमा रहेका आफ्नै साथी भिसा पठायो, भिसा पठाए पनि नेपालमा एजेन्टलाई करिव एक लाख चालिस हजार बुझाएर रामबाबु कतार आइपुगे । 

उनलाई साथीले भनेका थिए ‘काम सजिलै छ, तिमीले यहाँ ड्राइबर गर्नुपर्छ ।’ तर कतार आएपनि उनले भने अनुसारको काम नभई सडकमा बेल्चा चलाउने काम पाए । उनले सोचे ‘अब के गर्नु अर्काको देशमा आएपछि जस्तो भए पनि गर्नैपर्यो ।’ 

ठिकै छ, अब जसो-तसो यहि बेल्चा चलाउने काम भएपनि गर्छु, एक वर्ष पुरा गरेर घर फर्किन्छु, नभैदै एक बर्ष पनि पुरा भयो । उनले काम गर्दै आएको कम्पनीमा रिजाइन दिएर थोरै जम्मा गरेको पैसाले टिकेट काटेर घर फर्किने तयारी गर्दैगर्दा त्यतिकैमा कोरोनाका कारण लकडाउन भएर हवाई उडान बन्द भयो । 

उडान बन्द भएपछि उनी स्वदेश फर्किन नपाउँदा निकै तनाव थिए । ‘त्यहिँ बेला कतारस्थित नेपाली दूतावासले कोरोनाको रोजगारी गुमाएका, कतारी आइडी सकिएर बसेकाहरु लगायतकालाई स्वदेश फर्किने भए अनलाइन फारम उपलब्ध गराएको थियो, मैले पनि त्यो फारम भरें’ उनले भने ।

दूतावासले प्रकाशन गरेको पहिलो चरणको स्वदेश फर्कनैपर्ने भनेर निकालेको लिस्टमा उनको पनि नाम आयो तर अहिलेसम्म उनी स्वदेश फर्किन पाएका छैनन् । 

उनी भन्छन् ‘दूतावासमा फोन गर्दा पहिला गर्भवती महिला, जेष्ठ नागरिक पठाईसकेपछि मात्र अरुको पालो आउँछ, आफ्नो पालो आएपनि के गर्नु ? पहिला थोरै पैसा जम्मा गरेको थिएँ, अब कोसंग पैसा मागेर टिकेट कट्नु ? आफू संग पैसा छैन्’ उनले भने । 

‘अब यहाँ बसेर के गर्नु गर्नु ? जसो-तसो साथीभाईसंग पैसा खोजेर पनि जानै पर्यो, यहाँ कति दिन अरुको बसेर खाना खानु’ उनले भने । उनले दु:खित हुँदै भने – ‘विदेश गएर धन कमाएर सुन्दर घर बनाउला बाबा-आमा र भाई बहिनीलाई राम्रोसंग शिक्षा लिने सपना खुला आकाशमा कालो बादल मडारिएझैँ भयो सपनाहरु एक्कासी कालो बादल मडारिन पुग्यो ।’

पैसा हुनेले त टिकटको पैसा तिरेर स्वदेश फर्केलान्, तर टिकट काट्ने पैसा नभएकाले के गर्ने रामबाबुको जस्तै छ खाडीका अधिकांश नेपाली श्रमिकहरुको पीडा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल