२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाँदरको धपाउने यन्त्र पाएपछि बागलुङ जैमिनीका किसानलाई राहत

२०७७, १६ असार मंगलवार ०५:११

खेमराज गौतम। असार १६, गलकोट। बाँदरका कारण वर्षौँदेखि चिन्तित रहेका बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका किसानलाई राहत मिलेको छ । वर्ष दिन खाने अन्नपात बाँदरले क्षणभरमै नष्ट गर्ने भएपछि बाँदर हेरेरै दिन कटाउने किसान अहिले ढुक्क भएर घरमै बस्न थालेका छन् । अहिले किसानलाई बाँदर आतङ्कको चिन्ताले सताउन छाडेको छ । 

नगरपालिकाले नेपालमा हालै विकास भएको बाँदर धपाउने यन्त्र वितरण गर्न थालेपछि किसान खुशी भएका छन् । बाँदर नियन्त्रणका लागि किसानको तीव्र गुनासो र मागपछि नगरपालिकाले बाँदर धपाउने यन्त्र खरिद गरेर किसानलाई वितरण गरिसकेको नगरपालिकाले जनाएको छ । 

बाँदरको आतङ्कबाट पीडित बनेका नगरपालिका–१, ४ र ५ वडाका किसानलाई एक/एक थान बाँदर धपाउने यन्त्र वितरण गरिएको नगरपालिकाका उपप्रमुख लीला रानाले जानकारी दिनुभयो । “किसानले वर्षौँदेखि गर्दै आएको गुनासोपछि हामीले बाँदर धपाउने नयाँ विकल्प आत्मसात गरेका छौं ”, रानाले भन्नुभयो, “परीक्षण सफल भएको भन्ने जानकारी आएको छ, यो सफल र प्रभावकारी भएपछि नगरका सबै वडामा बाँदर धपाउने यन्त्र वितरण गरिनेछ ।” बाँदर धपाउने औजार आएपछि किसानलाई धेरै राहतको महसुस भएको नगरपालिका–४ का कृषक मेघराज ढकालले बताउनुभयो । बाँदर नियन्त्रणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेको थियो । 

बाँदरले बाली नष्ट गर्न थालेपछि दिनभर खेतबारीमा बाली कुरेर बस्नुपर्ने समस्या आएपछि किसानले नगरपालिकालाई पटक–पटक बाँदर नियन्त्रणका लागि सहयोग गर्न आग्रह गर्दै आएका थिए । दुःख गरेर लगाएको धान, मकै, गहुँ, जौँ र फापरजस्ता बाली बाँदरले नष्ट गरेको भन्दै स्थानीयको तीव्र गुनासोपछि नगरपालिकाले बाँदर नियन्त्रणका विकल्पको खोजी शुरु गरेको थियो । 

यही असार ९ गते केही वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको र अन्य वडाका किसानलाई समेत बाँदर धपाउने यन्त्र खरिद गर्न अनुमति दिएको नगरप्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा नगरपालिकाले स्याङ्जाबाट पाँच थान बाँदर धपाउने यन्त्र ल्याएर वितरण थालेको र किसानलाई सहज भएमा प्रत्येक वडामा १०/१० थानका दरले वितरण गर्ने नगरपालिकाको योजना छ । स्याङ्जाको भिरकोट नगरपालिका–७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै बाँदर धपाउने यन्त्र बनाएर सफल परीक्षणपछि बिक्री वितरण भइरहेको छ । उहाँको आविष्कारले यतिबेला किसानलाई राहत मिलेको छ ।  

उहाँले बनाएको उपकरण रु दुई हजारदेखि तीन हजार ५०० सम्ममा किन्न पाइन्छ । ठूलो आवाज निस्कने उक्त यन्त्रमा युपीभिसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र एक पटक पड्काएपछि बाँदरनै सो क्षेत्रबाट बसाइँ सर्ने आविष्कारकर्ताको दाबी छ । कार्बाइडमा पानी घोलेर यन्त्रमा हालेर पुच्छरमा आगो लगाएपछि ठूलो आवाजमा पड्किन्छ । त्यसको आवाज सुनेपछि बाँदर भाग्ने गरेका छन् । यसबाट कुनै बारुद, छर्रा वा गोली ननिस्कने भएकाले कुनै हानी नगर्ने प्रयोगकर्ता बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा