2026-10-15 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खाद्य कम्पनीबाट सुर्खेतमा अनलाइन होम डेलिभरी शुरु

असार १७, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा अनलाइन होम डेलिभरी शुरु गरेको छ । मङ्गलबारदेखि अनलाइन होम डेलिभरी सेवालाई विस्तार गरी कर्णाली प्रदेशको राजधानी सुर्खेत कार्यालयबाट होम डेलिभरी सेवाको शुरुआत गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बन्दाबन्दीका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ । बन्दाबन्दी केही खुकुलो भएसँगै कम्पनीले निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरी चक्रपथ बाहिर खाद्य पदार्थ निःशुल्क रुपमा (डेलिभरी चार्ज नलिई) होम डेलिभरी गर्दै आएको छ ।

काठमाडौँपछि पहिलो प्रदेशका रुपमा सुर्खेतबाट अनलाइन बिक्रीवितरण सेवा सञ्चालन गरिएको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख भीम थापाले जानकारी दिनुभयो । “शुरुआती चरणमा हामीले तीन प्रकारका चामल र कर्णालीको फापर बिक्री वितरणमा राखेका छौँ, उपभोक्ताको मागअनुसार अन्य सामग्री विस्तार थप गर्दै जानेछौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार मङ्गलबार चार अर्डर आएको र डेलिभरीसमेत गरिसकिएको छ । “पहिलो चरणमा वीरेन्द्रनगर नगरपालिकाभित्र र विस्तारै जिल्लाभर सेवा सञ्चालनको योजना रहेको छ”, उहाँले भन्नुभयो, “कम्पनीको आफ्नै गाडीमा डेलिभरी शुल्क नलिई सेवा प्रवाह गर्नेछौँ ।”

कम्पनीले काठमाडौँ उपत्यकाभित्र तीन प्रकारका चामल (रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल), कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल, गहुँको पिठो, आयो नून, डिडिसीको शुद्ध घ्यु, वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो र स्यानिटाइजर अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ ।

अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा इ–सेवामार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था  छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु