२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण दर उच्च

१९ असार २०७७, शुक्रबार ०५:३७

असार १९, धनगढी। बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ ।

प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४पुगेको छ । योसँगै कैलाली जिल्ला देशभरमै सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाको रुपमा देखिएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बिहीबारसम्म कञ्चनपुरमा ३५१, डोटीमा ४७३, डडेलधुरामा २३०, बाजुरामा ३३७ बैतडीमा २३६, बझाङमा १२७, अछाममा २८८ र दार्चुलामा १७ जना सङ्क्रमित पुगेको बताउनुभयो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र वीरअस्पतालमा गरिएको नमूनाको परीक्षणमा बिहीबार एकै दिन सुदूरपश्चिम प्रदेशका ३३३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । बिहीबार बझाङबाट २०, कैलालीबाट चार, अछामबाट १६, डोटीबाट ३० गरी ७० जना डिस्चार्ज भई हालसम्म जम्मा डिस्चार्ज हुनेको सङ्ख्या ५६१ पुगेको छ ।

 कोभिड–१९ का कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म छ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोभिड–१९ को सङ्क्रमणको दर प्रदेशमा ह्वात्तै बढ्दै गएको छ । प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । वैशाख महिना शुरु हुँदासम्म पाँच जना सङ्क्रमित फेला परेकामा त्यस पछि झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर रहेको थियो तर कोरोना सङ्क्रमित देश भारतबाट फर्किने नेपाली बढ्दै जाँदा प्रदेशमा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।  

हालसम्म पिसिआर पद्धतिबाट २० हजार ९९६ को स्वाबको नमूना जाँच भइसकेकोमा तीन हजार ६७९ नमूनाको नतिजा आउन बाँकी छ । यस्तै आरडिटी पद्धतिबाट हालसम्म एक लाख १३ हजार ८९३ नमूनाको जाँच भइसकेको छ । बन्दबन्दी खुकुलो पारिएसँगै सर्वसाधारणको चहलपहल पनि बढ्दै जाँदा रोगको जोखिम पनि बढ्ने देखिएको कतिपयको बुझाइ छ । 

सङ्क्रमित देश भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका नेपालीको बसाईसमेत व्यवस्थित र तोकिएको मापदण्डअनुसार हुन नसक्दा पनि सङ्क्रमणको जोखिम थपिएको हो । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी भारतबाट आउने क्रम जारी रहँदासम्म प्रदेशमा कोरोना सङ्क्रमको दर पनि बढ्दै जाने बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाले पिसिआर पद्धतिबाट नमूना जाँच गर्नका लागि बिहीबारबाट शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्न थालेको छ । बेली गाउँस्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत स्वाब सङ्कलन शुरु गरिएको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बताउनुभयो । 

उपमहानगरपालिकाले विभिन्न वडाका क्वारेन्टिनमा बसेका शङ्कास्पद व्यक्तिको कोरोना जाँच गरेर कोरोना पोजेटिभ देखिएकालाई उपमहानगरपालिकाले बनाएको आइसोलेसनमा राख्न थालेको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य