2026-10-15 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लकडाउनले आर्थिक चपेटामा सैलुन व्यवसायी

असार २०, सुर्खेत। बन्दाबन्दी खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ । यसले गर्दा तराई मधेशबाट यहाँ आएर भाडामा बस्दै आएका सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् ।

 दाह्री, कपाल काटेर गुजारा चलाउँदै आएका व्यवसायीले चार महिनादेखि व्यवसाय ठप्प हुँदा आफूहरु मर्कामा परेको बताएका छन् । अन्य व्यवसायजस्तै सुरक्षाका विधिहरु अपनाएर सैलुन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ । नेपाल नाई सङ्घले आफ्नो व्यवसाय क्षेत्रको समस्याबारे शुक्रबार प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइसकेको छ । प्रशासनले व्यवसाय सञ्चालनमा सहजीकरण गरिदिनुपर्ने नाई सङ्घको माग छ ।

 नाई व्यवसायी विनोद ठाकुरले लामो लकडाउनले बिहान–बेलुकाको छाक टार्न समस्या भएको गुनासो गर्नुभयो । “हाम्रो व्यवसाय चार महिनादेखि पूर्णरूपले बन्द छ, पसलको भाडा, घरभाडा तिर्न र बिहान–बेलुका के खाने भन्ने समस्या भइसक्यो”, उहाँले भन्नुभयो, “सबै व्यवसायी परिवारसहित तराई–मधेसबाट आएर यहाँ घर भाडा लिएरै बसेका छौँ, लकडाउनमा अन्य व्यवसाय खुले पनि सैलुन व्यवसाय सरकारले बन्द गर्दा हामी ठूलो मर्कामा प¥यौँ ।” 

अर्का व्यवसायी सुवीर अन्सारीले आफूहरुको एक मात्र पेशा बन्द हुँदा जीविकोपार्जनमा कठिनाइ भएको बताउनुभयो । “पसल र घरको भाडा तिर्नै समस्या भइसक्यो, घरबेटीले बारम्बार भाडा माग्न थाले, अब सापटी माग्न ठाउँसमेत रहेन”, अन्सारीले भन्नुभयो । नेपाल नाई सङ्घ सुर्खेतका अनुसार सुर्खेत उपत्यकामा झण्डै ५० सैलुनहरुका २०० युवाहरुको रोजगारी गुमेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु