2026-09-05 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शनिबार ४७ जनाले श्रम स्वीकृति पाए

असार २०, काठमाडौँ । सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । 

कार्यालयले विभिन्न मुलुकमा रोजगारीका लागि लागि ३० पुरुष र १७ महिलालाई श्रम स्वीकृति प्रदान गरेको हो । ब्रुनाई, ओमन, कतार र दक्षिण कोरियाका लागि एक÷एक, पोल्यान्डका लागि दुई, जापानका लागि पाँच, इजरायलका लागि आठ, संयुक्त अरब इमिरेट्सका लागि ११ र माल्टाका लागि १७ जनालाई स्वीकृति प्रदान गरेको कार्यालयले जनाएको छ । 

यही असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी बिदामा आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो । यस्तै यसअघिको करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञाको म्यादसमेत थप भएका व्यक्तिलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । 

कोरोना महामारीबाट नेपालका प्रमुख श्रम गन्तव्य मुलुक प्रभावित भएपछि गत फागुन २९ गते बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वैदेशिक रोजगारीका लाग दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले वैदेशिक रोजगारीमा जान दिने बाटो खोलेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई पत्र लेख्दै तोकिएको मापदण्ड पूरा गरी श्रम स्वीकृति प्रदान गर्न निर्देशन दिएको थियो । हवाई टिकट लिएर श्रम स्वीकृति लिन बाँकी रहेकालाई प्राथमिकताका आधारमा स्वीकृति प्रदान गरिएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल