२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग

२०७७, २१ असार आईतवार ०८:०२

असार २१, मार्तडी। जिल्लामा सामाजिक क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सहयोगी हातहरुको समूह ‘साहस’ ले तीन स्थानीय तहमा राहत र स्वास्थ्य  सामग्री सहयोग गरेको छ । 

सो संस्थाले कोभिड–१९ बाट प्रभावित बडिमालिका नगरपालिका तथा गौमूल र खप्तड छेडेदह गाउँपालिकाबासी खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरिएको जनाएको छ ।  लिफ्ट परियोजना संयोजक देशीन्द्र राईले ती स्थानीय तहका ३९० जनालाई खाद्यान्न सहयोग गरिएको जानकारी दिनुभयो । संस्थाले शनिबार राहत वितरणको पारदर्शिताका लागि सार्वजनिक तथा समीक्षा गोष्ठीे आयोजनासमेत गरेको थियो । 

सो नगरपालिकका नौ वटै वडामा रहेका दलित ६५, जनजाति सात र अन्य ७८ परिवार गरी  १५० परिवारलाई ३० केजीका दरले चामल, नुन र चिनी दुईदुई केजी, तेल दुई लिटर र साबुन दुई थान  वितरण गरिएको थियो ।

विद्युत् सेवा अवरुद्ध 

जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण बाउली खोलाले विद्युत्को नहर भत्काएपछि सेवा अवरुद्ध बनेको विद्युत् सञ्चालक समितिका अध्यक्ष अशोक रावलले बताउनुभयो । वर्षा निरन्तर रुपमा परिरहेकाले मर्मत गरी सञ्चालन गर्न समस्या भएको उहाँले जानकारी दिनुभयो । शुक्रबार राति आएको वर्षाले अवरुद्ध बनाएको विद्युत् सेवा मर्मत गरेर पुनः सञ्चालन गरिएको भए पनि मध्यराति बाउली खोलामा बाढी आएर बगाएपछि विद्युत् सेवा नै बन्द भएको थियो । पटकपटक अवरुद्ध हुँदा सेवाग्राही हैरान बनेका छन् । विद्युत् अवरुद्ध हुँदा जिल्लामा सञ्चालन हँुदै आएका रेडियो, अनलाइन पत्रिका र अन्य दैनिक काम ठप्प बनेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ