२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुर्लुङका पहिरो पीडितलाई तमु समाज युकेद्वारा सहयोग

२२ असार २०७७, सोमबार ०२:३१

असार २२, पर्बत | गत जेठ ३१ गत राति नौ जनाको ज्यान जाने गरी गएको विनाशकारी पहिरो पीडितलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो ।

मृतकका परिवार र पहिरोबाट विस्थापित बनेका परिवारलाई तत्काल जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले तमु समाज युकेले सङ्कलन गरेर पठाएको राहत आइतबार एक कार्यक्रमका बीच  वितरण गरिएको हो । प्रतिनिधिसभाका सांसद पदम गिरीले पीडितलाई राहत रकम हस्तान्तरण गर्नुभएको थियो । 

मृतक नौ जनालाई रु २७ हजार ३०० को दरले रु दुई लाख ४५ हजार ७०० हस्तान्तरण गरिएको छ । पहिरोमा परी आमा, बाबु, छोरा र छोरी गुमाएका ओमबहादुर थापालाई रु एक लाख नौ हजार २००, श्रीमती र छोराछोरी गुमाएका विकास थापालाई रु ८१ हजार ९०० र श्रीमती र छोरा गुमाएका बलबहादुर थापाको परिवारलाई रु ५४ हजार ६०० हस्तान्तरण गरिएको हो । 

पहिरो पीडित भुवन गिरीलाई रु ५४ हजार ९७२ र अन्य चार परिवारलाई रु ४० हजार ४०० को दरले राहत वितरण गरिएको हो । पहिरोका कारण भुवन गिरी, हस्तीदेवी शर्मा, उजेली शर्मा, नन्दीकुमारी गुरुङ र पशुपति सिंजालीको परिवार मगर विस्थापित बनेको छ । हाल बेलायतमा रहनुभएका तमु समाज युकेका उपाध्यक्ष शिवकुमार गुरुङको संयोजकत्वमा जीवन गुरुङलगायतले उक्त राहत रकम सङ्कलन गरी पठाउनुभएको स्थानीय राजन गुरुङले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने