रमित बि.क./साउन ८, बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने पाण्डुसैन गाविस ९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ । 

सोही गाविस ९ बस्ने मान बहादुर ओलीकी  श्रीमती २२ वर्षकी टिका थापा (ओली) को मृत्यु भएको आफन्तले जनाएका छन् । पाण्डु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमित बि.क./साउन ८, बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने पाण्डुसैन गाविस ९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ । 

सोही गाविस ९ बस्ने मान बहादुर ओलीकी  श्रीमती २२ वर्षकी टिका थापा (ओली) को मृत्यु भएको आफन्तले जनाएका छन् । पाण्डु"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

डाक्टरको लापरबाहीले बाजुरामा सुत्केरीको ज्यान गयो

८ श्रावण २०७३, शनिबार १३:०७

रमित बि.क./साउन ८, बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने पाण्डुसैन गाविस ९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ । 

सोही गाविस ९ बस्ने मान बहादुर ओलीकी  श्रीमती २२ वर्षकी टिका थापा (ओली) को मृत्यु भएको आफन्तले जनाएका छन् । पाण्डुसैनबाट १ दिनको पैदल यात्रामा सुत्केरी गराउनका लागि बोकेर ल्याएकी थापाको मृत्यु भएको उनका आफन्त गणेश थापाले बताएका छन् । 

सुत्केरी व्यथा लागेको दिन जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको थियो । आकस्मिक प्रसुती केन्द्रमा काम गदै आएका डाक्टर राजन न्यौपानेले शरिरमा रगतको कमि भएको थाहा भएको भए पनि कुनै वास्ता नगरी गर्भवती महिलाको अप्रेसन गरी बच्चा निकालीएको आफन्तको आरोप लगाएका छन्  । 

मृत्युको मुखमा पुगेकी थापाको अप्रेसन पछि डाक्टर न्यौपानेले पिसाव रोकिएको भन्दै बाजुराबाट नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा रिफर गरेको उनले बताएका छन् । रिफर पछि नेपालगंज कोहलपुर मेडिकलमा ९ दिनपछि उनको स्वास्थ्यमा सुधार नआएपछि काठमाण्डौमा रिफर गरिएको थियो । 

सुत्केरी गराउँदा कुनै चेकजाँच नगरी मनोमानी ढंगले उनको अप्रेसन गरेको पिडितको गुनासो छ् । उनको स्वास्थ्यमा रहेका दुवै मृगौलाले काम गर्न छाडेको र सुत्केरी महिला दिर्घ रोगी भएको भन्दै डक्टर न्यौपानेले अप्रेसन गरेको श्रीमान मान बहादुर ओलीले बताउनु  भएको छ  । 

डाक्टर न्यौपानेले मुखले एक भनेको र काम गर्दा अर्कै गरेको ओलीले भनाई छ । असार १७ गते अप्रेसन गरी बच्चा पाएको । असार १८ गते पिसाव रोकिएको भन्दै रिफर गरिएको ओलीको भनाइ छ । पिडित ओलीका अनुसार नेपालगञ्जमा उपचार गराउदा दिर्घ रोगी नभएको र शरिरका दुबै मृगौलाले काम गरि रहेको कोहलपुर मेडिकलले जनाएको छ । डाक्टर न्यौपानेको लापरबाहीका कारणले मृत्यु भएको भन्दै नेपाल मेडिकल काउन्सिलमा मुद्धा दर्ता गरेको बताएका छन् । 

दोषीलाइ कारबाही र छानविन  गरी नेपाल काउन्सिल प्रमाण पत्र खारेजीका लागि  दर्ता गराएको बताईएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डाक्टर मोहन नाथले कोहलपुर मेडिकल अस्पतालबाट नै दिर्घ मृगौला रोगी भएको जानकारी आएको बताउनु भयो । 

अप्रेसन गर्दा कुनै समस्या नभएको उहाँले बताउनु भयो । उनको मृत्यु के कसरी भयो यो बारेमा आफुलाइ कुनै जानकारी नभएको र डाक्टर न्यौपानेको त्यस्तो कुनै   गल्ती देखिदैन ।  तर आफन्त गणेश थापाले भने निमोनिया भएका कारणले मृत्यु भएको अन्तिम रिपोर्टमा लेखिएको बताउनु भयो । 

यस घटना बारे जिल्ला प्रशासन कार्यालय बाजुराले पनि चांसो देखाएको छ । घटना विवरण बुझ्न प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले डाक्टर न्यौपानेलाई बोलाएर सो बारे जानकारी लिनुभएको छ । मृतककी २ महिनाकी छोरी साहाराबिहिन भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ