2026-09-05 02:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीले मंगलबारबाट चरणवद्ध आन्दोलन गर्ने

असार २२, काठमाडौँ । म्यानपावर व्यवसायीका समस्या समाधान नभएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले चरणवद्ध आन्दोलन गर्ने भएको छ । आर्थिक वर्षको अन्तिम समयमा आइपुग्दा ५ सय ३१ म्यानपावर नवीकरण नहुने अवस्था आएकोले मंगलबारबाट (भोलि) चरणवद्ध आन्दोलनको घोषणा गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले साझा सबाललाई बताए ।

सरकारले बि. स. २०७५ फागुन १९ गते वैदेशिक रोजगार ऐन, २०६४ संसोधन गरि म्यानपावर कम्पनी नवीकरण गर्नको लागि पछिल्ला २ आर्थिक वर्षमा सय जना कामदार अनिवार्य विदेश पठाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार नवीकरण गर्नका लागि संचालनमा रहेका ८ सय ५३ म्यानपावर कम्पनी मध्ये ५ सय ३१ म्यानपावरले सय जना कामदार विदेश पठाउन नसकेको श्रेष्ठले बताए । 

५ सय भन्दा धेरै कम्पनीले पछिल्ला २ आर्थिक वर्षमा वार्षिक सय जना कामदार विदेश पठाउन सकेका छैनन् जसको नवीकरण हुने अवस्था छैन भने यसै विच वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको नवीकरण प्रक्रिया शुरु गरिसकेको  छ ।

व्यवसायीले बितेका १० महिनामा आफ्ना माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र वैदेशिक रोजगार विभागमा लिखित जानकारी गराउंदै समस्या समाधान गर्न माग गरेपनि सुनुवाई नभएकोले आन्दोलनमा जान बाध्य भएको महासचिव श्रेष्ठले बताए । 

कोरोना महामारीका कारण गत फागुन ३० गतेबाट श्रम स्वीकृति संगै अन्तराष्ट्रिय हवाई उडान रोकिएको छ । साथै श्रम गन्तव्य मुलुकमा पनि कोरोनको प्रभावले नेपाली कामदार लिने अवस्था रहेको कारण व्यवसायीले कामदार विदेश पठाउन सकेका छैनन् । गतवर्ष मलेसिया रोजगारी १७ महिना बन्द हुँदा पनि व्यवसायीले कामदार पठाउन पाएका थिएनन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल