2026-09-05 02:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीले मंगलबारदेखि गर्ने भनिएको चरणवद्ध आन्दोलन स्थगित

असार २२, काठमाडौँ । म्यानपावर व्यवसायीका समस्या समाधान नभएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबारदेखि गर्ने भनेको आन्दोलन स्थगित गरेको छ । संघले सोमबार साँझ एक बिज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम स्थगित गरिएको जनाएको छ । 

संघले आन्दोलनको कार्यक्रम स्थगित गरिनुको कारण उल्लेख गर्दै आफूहरुले जुन मागको लागि आन्दोलनको घोषणा गरेको थियो उक्त माग पुरा हुने चरणमा रहेको जानकारी पाएको जनाएको छ ।  विज्ञप्तिमा भनिएको छ ‘२०७७ असार २३ देखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेकोमा सम्बन्धित निकायबाट यो प्रावधान हटाउने (संसोधन गर्ने) कार्य अन्तिम चरणमा रहेको जानकारी पाएकोले हाललाई आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई अवगत गराइन्छ । 

यस अघि आजै संघले आर्थिक वर्षको अन्तिम समयमा आइपुग्दा ५ सय ३१ म्यानपावर नवीकरण नहुने अवस्था आएकोले मंगलबारबाट (भोलि) चरणवद्ध आन्दोलनको घोषणा गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले साझा सबाललाई बताएका थिए ।

हेर्नुहोस् बिज्ञप्ति

सरकारले बि. स. २०७५ फागुन १९ गते वैदेशिक रोजगार ऐन, २०६४ संसोधन गरि म्यानपावर कम्पनी नवीकरण गर्नको लागि पछिल्ला २ आर्थिक वर्षमा सय जना कामदार अनिवार्य विदेश पठाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार नवीकरण गर्नका लागि संचालनमा रहेका ८ सय ५३ म्यानपावर कम्पनी मध्ये ५ सय ३१ म्यानपावरले सय जना कामदार विदेश पठाउन सकेका छैनन् । 

५ सय भन्दा धेरै कम्पनीले पछिल्ला २ आर्थिक वर्षमा वार्षिक सय जनाभन्दा बढी कामदार विदेश पठाउन सकेका छैनन् जसको कारण हालको प्रावधानमा ५ सय बढी म्यानपावर कम्पनी नवीकरण हुने अवस्था छैन । आर्थिक बर्ष सकिनै लाग्दा वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको नवीकरण प्रक्रिया शुरु गरिसकेको तर प्रावधानका कारण आधाभन्दा बढी म्यानपावर कम्पनी नवीकरण हुन नसक्ने अवस्था रहेको छ ।

प्रावधानमा तोकिएजस्तो कम्तिमा १०० जना कामदार पठाउनुपर्ने कुरा बिभिन्न कारणले प्रभावित भएको व्यवसायीहरुले बताएका छन् । गतवर्ष मलेसिया रोजगारी १७ महिना बन्द हुनु तथा गत चैतदेखि कोरोना महामारीको कारण वैदेशिक रोजगारीमा कामदार पठाउन नपाएको व्यवसायीहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल