२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनीमा ठूलो सङ्ख्यामा नेपाली कामदार अलपत्र (फोटो र भिडियो सहित)

२०७७, २३ असार मंगलवार ०६:१८

योगेन्द्र योगी | असार २३, दोहा | कोरोनाको कारण कम्पनी बन्द भएपछि यूएईमा ठूलो सङ्ख्या नेपाली कामदार अलपत्र परेका छन् । यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा कार्यरत बिभिन्न क्याम्पमा गरि २ हजार देखि २५ सय भन्दा बढी नेपाली काम बिहिन भएर अलपत्र अवस्थामा रहेको काभ्रेका जयराम नेपाल (जीकी)ले जानकारी दिएका छन् ।

उनका अनुसार उनी बसेका क्याम्पमा मात्र ५ सय देखि २ हजार ५ सय नेपालीहरु विगत चार महिना देखि काम बिहिन भएर बसेका छन् भने अन्य क्याम्पमा बसेका नेपालीहरुको पनि समस्या उस्तै रहेको छ । 

अहिले ती कामदारहरु मध्ये ७० प्रतिसतले मात्र काम पाएका छन् भने बांकी ३० प्रतिसत काम बिहिन भएर चार महिनादेखि कोठामै बस्न बाध्य छन् ।  


"कम्पनीले अहिलेसम्म बिहान बेलुकी दुई छाक खान दिएको तर अब कम्पनीले हामी पाल्न नसक्ने भनेपछि आफूहरु थप समस्या परेका छौ" जयराम भने । अन्य देशको विमानस्थल खुल्दा नेपालको विमानस्थल नखुल्नु हाम्रो गल्ती हैन भन्दै कम्पनी पन्छिन थालेको उनले बताए । 

कम्पनीको भनाइ अनुसार अन्य मुलुकका नागरिक हरुलाइ कैले आफै फ्लाइट चार्टर गरेर त कैले रेगुलर फ्लाइटमा आफ्नो मुलुक पठाईसके जुन हामीले देखिरहेका छौ ।

उनका अनुसार कति पयले यूएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरेको र ती मध्येबाट ५०/६० जनाको नाम आएको छ । अब के बांकी अलपत्र परेकोहरु  घर जान नपाउने त ? यो समस्या पटक पटक दूतावासमा राख्दा पनि हाम्रो गुनासो पनि नसुनेको उनले बताए ।  


अन्य धेरै नेपाली कामदारले कम्पनीले पठाउछ भनेर फारम नै नभरेको र कतिपयलाई फारम भर्ने बारे कुनै पनि जानकारी नभएकोले अवस्था झन् जटिल बनेको उनले बताए ।

उनी भन्छन् यहाँ कम्पनीले हामी आफै विमान चार्टर गरेर नेपाल पठाइ दिन्छौ भन्छ दूतावासले अनुमती दिदैनन् । "कम्पनीले यहि जुलाई १५ तारिखसम्ममा कि टिकट काटेर ल्याऊ होइन भने अन्य काम खोजेर अफर लेटर ल्याऊ अब हामी पाल्न सक्दैनौ भनेको पनि आज ५ दिन भयो" उनले भने । 


दूतावासको लिस्टमा नाम आउनेहरुलाई पनि कम्पनीले टिकट उपलब्ध गराएको छैन । अपिसमा गएर सोध्यो भने तिमीहरु आफै टिकट काटेर आउ हैन भने पर्ख कम्पनीले आफै पठाउछ भन्छ न त हामी सँग टिकेट काट्ने पैसा नै छ । 

फ्लाइट उद्दार उडान भएको १६ दिन बितिसक्दा एक जना नेपाली पनि ट्रान्सगर्ड ग्रुप कम्पनीबाट स्वदेश फर्कन सकेका छैनन् । ट्रान्सगार्ड यूएईको सबै भन्दा ठूलो सप्लाई कम्पनी हो । 

आफूहरुको समस्या नेपाल सरकार,नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्याइ दिन विभिन्न संचार माध्यमलाई  अनुरोध गरेको उनले बताए । यता यस बिषयमा यूएईमा रहेको नेपाली दूतावासमा बुझन खोज्दा सम्पर्क हुन् सकेन । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो