मनोज पराजुली । असार २३, काठमाडौँ । वैदेशिक रोजगार ऐन २०६४ कार्यन्वयनमा देखिएको समस्या समाधानका लागि बाधा अड्काउ फुकाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पस्ताव मन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनोज पराजुली । असार २३, काठमाडौँ । वैदेशिक रोजगार ऐन २०६४ कार्यन्वयनमा देखिएको समस्या समाधानका लागि बाधा अड्काउ फुकाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पस्ताव मन्"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर खारेज हुनबाट जोगाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश तर निर्णय भएन

२३ असार २०७७, मंगलवार १६:५४

मनोज पराजुली । असार २३, काठमाडौँ । वैदेशिक रोजगार ऐन २०६४ कार्यन्वयनमा देखिएको समस्या समाधानका लागि बाधा अड्काउ फुकाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पस्ताव मन्त्रिपरिषदबाट निर्णय हुन सकेन । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा म्यानपावर कम्पनी (इजाजत पत्र प्राप्त कम्पनी) नवीकरण गर्नमा देखिएको कानुनी प्रावधान हटाउन बाधा अड्काउ फुकाउने प्रस्ताव बारे छलफल भएपनि निर्णय नभएको श्रममन्त्री रामेश्वर राय यादवले साझा सबाललाई जानकारी दिए ।

पस्ताव मैले पेश गरेको हो तर पास भएन श्रममन्त्री यादवले भने 'अब अर्को दिनको लागि थाँती राखिएको छ ।' वैदेशिक रोजगार ऐन २०६४ ले लगातार २ वर्षसम्म वार्षिक एक सयजना पनि कामदार पठाउन नसकेका इजाजतपत्र रद्ध गर्ने व्यवस्था गरेको छ । तर सो व्यवस्था अनुसार म्यानपावर कम्पनी नवीकरण गर्न हाल संचालनमा रहेका ८ सय ५३ कम्पनी मध्ये ५ सय ३१ वटाले वार्षिक सय जना कामदार विदेश पठाउन नसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए । 

वैदेशिक रोजगार ऐनको दफा ८२ अनुसार ऐनको उदेश्य कार्यन्वयन गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले सो बाधा अड्काउ फुकाउनको लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरि आवश्यक आदेश जारी गर्नसक्ने उल्लेख छ । सोहि व्यवस्था अनुसार सय जनाको प्रावधान हटाउने बारे मन्त्रिपरिषद्ले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र कार्यन्वयनमा आउने श्रम मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन शाखाका उप-सचिव (कानुन) रेश राज शर्माले साझा सबाललाई बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य