२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारी : अमेरिका सहित २६ देशमा जान एक हजार बढिले लिए पुन:श्रम स्वीकृति

२०७७, २४ असार बुधबार ०७:००

मनोज पराजुली । असार २४, काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका विच पनि नेपालीहरु वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिन थालेका छन् । सरकारले शर्त तोकेर वैदेशिक रोजगारी खुला गरेसंगै ६ दिनको अवधिमा एक हजार ८६ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । साथै असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरि वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो । बैठकले यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको आधारमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । 


सो पश्च्यात मंगलबारसम्म एक हजार ८६ जनाले पुन श्रम स्वीकृति लिएका वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । विहिबारदेखी ताहाचल कार्यलयले यूएईको लागि ५०३ जना, जापानको लागि १९०, मलेसियाको लागि ८०,  कतारको लागि  ४५, माल्टाका लागि १७ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका अन्य देशहरुमा अमेरिका, इजरायल, ओमान, दक्षिण कोरिया, पोल्याण्ड, बहराइन, कुवेत लगायत रहेका छन् ।

विभागको ताहाचलस्थित कार्यालयका अनुसार विहीबार ५ जना र शुक्रबार दुई जनाले पुनः श्रम स्वीकृति पाएका थिए । विहिबार र शुक्रबार सर्भरमा प्राविधिक समस्या भएर श्रम स्वीकृति दिन नपाएपछि शनिबार पनि विभागको ताहाचलस्थित कार्यालय खोलिएको थियो । शनिबार ४७ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । त्यस्तै आइतबार ३४७ जना, सोमबार ४१०, मंगलबार ३१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

यसैविच ताहाचल कार्यालयबाट वैधानिकीकरण शाखाबाट सेवा प्रवाह (नयाँ बाहेक) सुरु भएको छ । अनलाइनमार्फत रीत पूर्वक फारम भरी पाइने टोकन अनुसारको मितिमा कार्यालयमा सेवा लिन सकिने व्यवस्था गरिएको छ । सरकारले पुन: श्रम स्वीकृति दिएपनि नयाँ श्रम स्वीकृति दिने निर्णय गरेको छैन ।

सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ गतेसम्म बन्द गरेको छ । जसका कारण श्रम स्वीकृति लिएर सहज तरिकाले नियमित उडानमा कामदार विदेश जान सक्ने अवस्था भने रहने छैन । नियमित उडान नभएपनि चार्टर गरि विदेशबाट कामदार ल्याइएका जहाज फर्कने बेलामा नेपालबाट कामदार विदेश जान सक्ने बताइएको छ तर त्यस वापत कामदारले महँगो हवाई शुल्क तिर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो