2026-08-31 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मौरी चरनका लागि चिउरी रोप्दै कालिका नगरपालिका

असार २५, चितवन। चरन अभाव भएको भन्दै मौरीपालक कृषकले गुनासो गरिरहेका बेला यहाँको कालिका नगरपालिकाले यस वर्ष झण्डै १० हजार चिउरीका बिरुवा रोप्ने तयारी गरेको छ । हालसम्म तीन हजार ३०० बिरुवा रोपिसकेको छ ।

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार सिंहनाथ गण गैरीबारीमा तीन हजार र विपद् व्यवस्थापन गण रसौलीमा ३०० बिरुवा रोपिसकिएको छ । सिद्धि र शक्तिखोरको कबुलियती वन र खोरियामा पाँच हजारभन्दा बढी बिरुवा रोप्ने तयारी गरिएको छ । मौरीपालक व्यवसायी सङ्घ र सपना भिलेज इम्प्याक्टसँग सहकार्य गरेर नगरपालिकाले बिरुवा रोप्न थालेको हो ।

प्रमुख श्रेष्ठले चिउरीमा बहुआयामिक गुण भएकाले तीव्ररूपमा वृक्षरोपण गर्न लागिएको बताउनुभयो । चिउरीको फल खाने र बियाँबाट घ्यूसमेत निकाल्ने गरिन्छ । महमध्येमा चिउरीको चरनको मह सबैभन्दा उत्कृष्ट मानिन्छ । उहाँले भन्नुभयो, “यहाँका मौरीपालक कृषकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले चिउरीको वृक्षरोपण थालिएको हो ।”

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले रोपिएकामध्ये सात हजार ५०० बिरुवा मात्र हुर्किएमा एक हजार ५०० गोलाका मौरीलाई चराउन पुग्ने बताउनुभयो । चरनको अभावमा यहाँका कृषकले देशका १४ जिल्लामा मौरी लाने गर्दछन् । कालिका नगरपालिकामा मात्र छ हजार गोला मौरी रहेको छ । पौडेलका अनुसार यो सङ्ख्या जिल्लामा २५ हजार र देशभरमा ७० हजार रहेको छ ।

यहाँका मौरी चिउरीमा चराउनका लागि दाङ, अर्घाखाँची र प्यूठान लगिन्छ भने अन्य जिल्लामा पनि चराउन लैजाने गरिएको छ । चिउरीका बिरुवा हुर्कन आठ÷दश वर्ष लाग्ने गर्दछ । जिल्लाका पहाडी क्षेत्रमा चिउरीका रुख रहेका छन् । ती क्षेत्र चिउरीका लागि उपयुक्त मानिन्छ । नेपालमा मौरीपालन व्यवसायमा लाग्नेहरुको सङ्ख्या सात हजार रहेको छ । गतसाल मेलिफेराको दुई हजार ५०० मेट्रिकटन र सेरानाको एक हजार मेट्रिक टन मह उत्पादन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार