2026-09-05 02:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा अलपत्र नेपालीको अवस्था जटिल बन्दै, केही क्याम्पमा झडप (भिडियो सहित)

योगेन्द्र योगी | असार २५, दोहा | कोरोना महामारीको कारण कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि यूएईमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिव २ हजार ५०० जना नेपाली कामदारको अवस्था थप जटिल बन्दै गएको क्याम्पमा रहेका नेपालीहरुले बताएका छन् । 

भिडियोमा हेर्नुहोस् 

उनीहरुका अनुसार बिगत लामो समयदेखि काम बिहिन भएको कारण मानसिक तनाव सिर्जना हुन थालेको छ । कम्पनीमा ठूलो सङ्ख्यामा नेपाली कामदार रहेको र ती कामदारहरु मध्ये ७० प्रतिशतले मात्र काम पाएका छन् भने बाँकी ३० प्रतिसत काम बिहिन भएर कोठामै बस्न बाध्य छन् ।

यता, ट्रान्सगार्ड ग्रुप कम्पनीको तिजरा क्याम्पमा बुधबार साझा नेपाली कामदार र कम्पनी प्रशासन बीच झडप भएको नाम नबताउने सर्तमा एक नेपालीले जानकारी दिएका छन् । 

नेपाली कामदारले कित हामीलाई काम देउ होइन भने घर पठाऊ भन्दै कम्पनी प्रशासन कहाँ पुगेपछि झडप भएको थियो । उनीहरुका अनुसार नेपाली कामदारहरु मात्र भएको कारण कम्पनीले पनि बेवास्था गरेको जनाएका छन् ।

झडप लगतै कम्पनीको मेनेजर आएर नेपालको फ्लाइट खुलेको छैन, ईन्डियाको फ्लाइट खुलेको छ बरु इन्डिया पठाउन सक्छौ भनेपछि नेपालीहरु थप आक्रोसित बनेका उनीहरु बताउछन् । 

उनीहरु कम्पनीको एचआरमा गएर बुझ्दा हामीले २ हजार ४ सय ७९ जना नेपालीको नामावली यूएईस्थित नेपाली दूतावासमा बुझाई सकेका छौ बांकी काम दूतावासले गर्छ कम्पनीको भनाइ उदृत गर्दै एक नेपालीले भने । 

केहिदिन अगाडी यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनीमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र भन्ने समाचार बाहिरी संगै कम्पनीले विशेष ध्यान दिएको काभ्रेका जयराम नेपालले बताए । 

समाचार बाहिरीएपछि दूतावासले पनि ट्रान्सगार्ड कम्पनीले आफ्ना श्रमिकलाई आफ्नै खर्चमा  छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने प्रस्ताव दूतावासमा राखेको र दूतावासमा श्रमिकको नामसमेत परराष्ट्र मन्त्रालयमा पठाइसकेको दूतावासले जानकारी गराएको उनीहरु बताउछन् ।

कम्पनीले दूतावासमालाई आफ्नै खर्चमा छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने भनेर नामावली पठाए पनि दूतावासबाट कुनै अनुमती नआएको क्याम्प ब्याबस्थापनले जनाएको छ ।

नेपाल सरकार र नेपाली दूतावासकै कारण आफूहरुको उद्दारमा ढिलाई भैरहेको उनीहरुको भनाइ रहेको छ । ट्रान्सगार्ड ग्रुप यूएईको सबै भन्दा ठूलो सप्लाई कम्पनी हो । विभिन्न क्षेत्रमा गरि यूएईमा करिव ३ लाख ७० हजारको हाराहारीमा नेपाली कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल