२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्रीको निर्णय विरुद्धमा नेकपा निकट म्यानपावर व्यवसायी, निर्णय नसच्याए कडा कदम चाल्ने

२५ असार २०७७, बिहीबार ११:०९

असार २५, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव पुन: बिबादमा तानिएका छन् । वैदेशिक रोजगार बोर्डमा विज्ञ सदस्यका रुपमा स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई मनोनित गर्ने निर्णय गरेपछि श्रममन्त्री यादव थप विवादमा तानिएका हुन् । 

श्रममन्त्री यादवले वैदेशिक रोजगार बोर्डमा रिक्त रहेका सदस्यमा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई विज्ञका रुपमा तथा वैदेशिक रोजगार व्यवसायी हेम गुरुङलाई तालिम प्रदायकका तर्फबाट नियुक्त गरेका थिए । उनले गरेको सो निर्णयको विरोधमा नेकपा निकटकै वैदेशिक रोजगार व्यवसायीहरु उत्रिएका छन् । 

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले बिहिबार विज्ञप्ती जारी गर्दै मन्त्री यादवले विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई बोर्डको सदस्यका रुपमा मनोनित गरेको भन्दै भत्र्सना गरेको छ । मञ्चका संयोजक राम प्रसाद भान्तना तथा सह–संयोजक राजेन्द्र भण्डारीले विज्ञप्ती जारी गर्दै भनेका छन् “विशेषगरी मलेसिया रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणमा सिण्डिकेट खडा गरी चरम आर्थिक शोषण गर्ने कार्यका मुख्य मतियारको मनोनयन प्रति मञ्च घोर भत्र्सना गर्दछ ।” विज्ञप्तीमा सो निर्णय तत्काल सच्याउन श्रममन्त्री यादवलाई आग्रह गर्दै अन्यथा मञ्चले सो निर्णयको प्रतिरोधका लागि कडा कदम चाल्ने बताएको छ ।

खड्का मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा बायोमिट्रिक परीक्षणको नाममा सिण्डिकेट खडा गरेर श्रमिकलाई आर्थिक भार पारेको आरोप लागेका व्यक्ति हुन् । उनलाई प्रहरीले केहि समय ‘फरार सूचि’मा राखेको थियो । पछि अदालतबाट उनले सफाई पाए । अदालतबाट सफाई पाएपनि विवादास्पद व्यक्ति भन्दै उनलाई बोर्ड सदस्यमा मनोनित गर्न नहुने नेकपा निकटका व्यवसायीहरुको भनाई छ । व्यवसायी गुरुङले आफू सो जिम्मेवारीमा बस्न असमर्थ रहेको भन्दै मंगलबार  नै श्रममन्त्री यादवलाई लिखित जानकारी दिईसकेका  छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य