२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज चौध अन्तर्राष्ट्रिय उडानः सोह्र् सय नेपाली फर्किए

२६ असार २०७७, शुक्रबार १६:१४

असार २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ६११ नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्वालालम्पुरबाट १५४, दोहाबाट १४९ र रियादबाट २४७ यात्रु काठमाडौँ ल्याएको छ । दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । हिमालय एयरलाइन्सले दमामबाट १५४, कुवेतबाट १५१ र क्वालालम्पुरबाट १७० नेपाली ल्याएको छ । 

त्यस्तै एयर अरेबियाले सारजाहाबाट १६७, सलाम एयरले मस्कटबाट १७९ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७० यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली लिन आजै नेपाल एयरलाइन्स जेजाह र दुबई प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स दमाम र आबुधाबी उडेको छ । आजै कोरियन एयरलाइन्सले २०५ यात्रु र एक बच्चा लिएर सिओल उडेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

शनिबार पनि विभिन्न मुलुकबाट १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । नेपाल एयरलाइन्सले जापानका नारितामा चार्टर्ड उडान गर्दै छ । सोही एयरलाइन्सले बहराइन, जेदाह र दुबई उडान गर्नेछ । हिमालय एयरलाइन्स चीनको कुन्मीङ र दमाम उडान गर्ने विमानस्थलले तालिका सार्वजनिक गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य