2026-09-13 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुराका अधिकांश झोलुङ्गे पुल जीर्ण भएपछि जोखिम बढ्दो

प्रेम रौले। असार २७, मार्तडी। जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका झोलुङ्गे पुल जीर्ण भएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्र्दै आएका छन् । पुल निर्माण भएको वर्षौँसम्म पनि नयाँ पुल निर्माणका लागि कसैले पनि विकल्प ननिकाल्दा जिल्लाका दर्जन बढी झोलुङ्गे पुलबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीयवासी बाध्य भएका छन् ।

लगातारको अविरल वर्षाले त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुङ्गे पुल बाढीको जोखिममा रहेको छ । पुलमाथि पानी गएपछि आवतजावत बन्द भएको स्थानीयवासी राजेश खत्रीले बताउनुभएको छ । लगातार वर्षा भएपछि पुलमाथि नै पानी आउने गरेको बेला आवतजावत पनि बन्द हुने गरेको छ । स्थानीयवासीलाई बजार जान, दूध, दहीबजार पुर्याउन निकै सास्ती भएको खत्रीको भनाइ छ ।

जिल्लाका अन्य ठाउँका झोलुङ्गे पुल पनि जोखिममा रहेका छन् । बूढीगङ्गा नदीले बाजुराको द्वारी, तिपाडा, रापकअछामको साँफे, बूढाबगरलगायत ठाउका पुलहरु जोखिममा छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर–जुकोट पुल पनि जोखिममा रहेको स्थानीयवासी बताउँछन् । “ त्यहाँ पनि पुलमा नै पानी पुग्न लागेको छ, झोलुङ्गे  पुल सधैँ वर्षात्को समयमा जोखिम बन्ने गरेको छ,” स्वामीकार्तिक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुवेर शाहीले भन्नुभयो ।

 बूढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल अहिले खोलाको बगरमा लछारिएको छ । पानी आउने ठाउँमा मात्र थोरै माथि छ । त्यही पनि आधा पुल भाँचिएको स्थानीय धन जैशीले बताउनुभयो । 

“पानीको बहाबले पुल जतिखेर पनि बगेर जाने भएकाले हामीले पानी परेको बेला स्थानीयवासीलाई आवतजावत गर्न रोक लगाएका छौँ”, उहाँले भन्नुभयो ।  पूर्वी–उत्तरी भेगको कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा रहेका छन् । कर्णाली नदीमै रहेका वाई र बाँधु जोड्ने पुल, गोत्री र साप्पाटा जोड्ने पुल, रुगिन र मुगु–बाजुरा–हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभएको छ ।

 लगातारको वर्षाले बाढी आएर पुलै छोप्ने गरी कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोटमा आवतजावत प्रभावित भएको स्वामिकार्तिक गाउँपालिका स्थानीय अगुवा भरत रोकायाले बताउनुभयो । उहाँले यसमा सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको बताउनुभयो । वर्षामा अचानक पानीको बहाव बढेपछि जतिबेला पनि कर्णाली नदीले पुलसँगै स्थानीय यात्रुलाई पनि बगाउने सम्भावना रहेको उहाँको भनाइ थियो । 

 त्यस्तै बूढीनन्दा नगरपालिका–२ र ८ वडालाई जोड्ने दैयामा रहेको पुल  पनि अत्यधिक जोखिममा छ । “वर्षायाम लागेपछि त हामी त्यसमा आवतजावत पनि गदैनौँ, साहै्र डर लाग्छ”, बुढीनदा–६ दैयाकी मेनका खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त नयाँ पुल बनिसकेको छ । तर हामीले धेरै वर्ष त्यही जीर्ण अवस्थामा रहेको पुलमा नै जोखिमपूर्ण यात्रा गर्दै आएका छौँ ।” कोल्टी–कोटिला जोड्ने बड्डीगाड खोलामा रहेको पुल पनि जोखिममा परेको छ  । पुल जोखिममा भएपछि यहाँका स्थानीय किसान, व्यापारी, विद्यार्थीलगायतलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।

 कोल्टी बजारमा मुख्य गरी दही, दूध, दाउरा कोटीलाबाट नै आउने गर्छ  । वर्षाको समयमा खोलाको डरले किसान नआउने भएकाले बजार सुक्खा भएको होटल व्यवसायी दुर्गा जोशीले बताउनुभयो । वर्षायाममा नदीमा पानी बढ्न थालेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत बाढीको जोखिममा छन् । अछाम–बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बूढीगङ्गा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, सदरमुकाम नजिकै रहेको बाहुलीखोला पुल, दहकोट, मौरेलगायतका नदीमा रहेका झोलुङ्गे पुल जोखिममा छन् । पुल जोखिममा भएपछि ज्यान जोखिममा राखेर पुलमा आवतजावत गर्नुपरेको स्थानीयवासीको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन