२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनी भन्यो- ‘चार्टर फ्लाइटको अनुमति दिए दुई हप्तामै नेपाल पठाउछौं’

२८ असार २०७७, आईतवार ०१:२७

योगेन्द्र योगी | असार २८, दोहा | कोरोना भाइरसको कारण कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिव २ हजार ५०० जना नेपाली कामदारको अवस्था बारे यूएईस्थित नेपाली दूतावासले पटक पटक इमेल गर्दा पनि कुनै जानकारी नदिएको ट्रान्सगार्ड ग्रुप कम्पनी प्रशासनले जनाएको छ । 


शनिबार साझ कम्पनी प्रशासन बीच भएको छलफलमा कम्पनीको माथिल्लो निकाय आएको समयमा हामीले हामीलाई मात्र किन रोकेको, अन्य मुलुकको नागरिकहरु प्राय जसो सबै आफ्नो मुलुक फर्किसके अब हामी घर अहिले जान पाउछौ भनेर कम्पनी प्रशासनसंग गुनासो रहेको नाम नबताउने सर्थमा एक नेपाली जानकारी दिए । 

हामीहरुलाई किन रोकेको नेपालको चाटर उडान भैरहेको छ भनेर प्रस्न गर्दा हामीले नेपालको दूतावाससंग दैनिक सम्पर्क गरिहरेकोछौ, हरेक दिन जसो इमेल पनि गरिरहेका छौ इमेल हेरेर कुनै जवाफ दिदैन अब हामीले के गर्ने कम्पनी प्रशासनको भनाइ उदृत गर्दै उनीहरुले भने । 

अर्को कुरा हामीले पनि जति सक्दो छिटो पठाउने कोसिस गरिरहेको छौ नेपाल र नेपाली दूतावासबाट कुनै पनि जानकारी र स्वीकृती नआएकोले हामी पनि समस्यामा परेकाछौ कम्पनी प्रशासन भन्यो  । 


बिना कुनै जानकारी र बिना कुनै अनुमती पठाउने कुरै भएन नेपाली दूतावासबाट नै नेपालीहरु घर जान समस्या भएको हो । हामीले यति ठूलो सङ्ख्यामा काम बिहिन मानिसलाई खान बस्न दिएका छौ नेपाली दूतावास र नेपाल सरकारले कुनै वास्ता नगरेको कम्पनीको भनाइ रहेको छ । 

यदि फ्लाइट चार्टर गरेर पठाउने कुरामा नेपाली दूतावासले अनुमति दिएको खण्डमा दुई हप्ता भित्र एनियोल लिभ, रिजाइन, टर्मिनेट र अन्य घर जान चाहने सबै नेपालीलाई नेपाल पठाउन कम्पनी तयार रहेको उनीहरुको भनाइ छ । 

 

हामीले प्रतेक क्याम्पबाट रोजगारी गुमाएका, रिजाइन दिएर बसेका तथा टर्मिनेट गरिएका नेपालीहरुको नामावली दूतावासमा बुझाएको र बिगत तीन महिनादेखि दूतावाससंग सम्पर्क गरि रोजगारी गुमाएका नेपालीहरुको बारे जानकारी गराए पनि नेपाली दूतावासले सुने पनि कानमा तेल हालेर बसीरहेको कम्पनीले जनाएको छ । 

'तपाईहरुलाई पठाउने कुरामा हामी कत्तिपनि चुकेका छैनौ दूतावासबाट अनुमति आउन साथ तुरुन्त पठाउछौ । हामीले नेपाल चार्टर पठाउन नमिल्ने हो भने पनि हामीलाई दैनिक रुपमा केही सिमित सिटहरु  ४० देखि ५० जति सिटहरु उपलब्ध गाराइयोस सम्म भनेकाछौ कम्पनीको माथिलो निकायको एक अधिकारीले' भने । 


उनका अनुसार केहि समय अगाडी मात्र २० देखि २२  सिट उपलब्ध गराएकोमा धेरै पहिला देखि  रिजान दिएर बसेका नेपाली नागरिक पठाएको छौ ।  हामी पनि सकेसम्म छिटै नेपाली नागरिकलाई स्वदेश पठाउन चाहन्छौ र पठाउछौ पनि तपाईहरु धैर्य गरेर बस्नुहोस् हामी नेपाल सरकार र नेपाली दूतावासको अनुमतिमा अड्किएको छौ । 

यता नेपाली दूतावाससंग यस बारे बुझ्न खोज्दा सम्पर्क हुन् सकेन । ट्रान्सगार्ड ग्रुप कम्पनी यूएईको सबै भन्दा ठूलो कम्पनी हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य