Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रिक्सा नचलेपछि दश हजार रिक्सा चालक सङ्कटमा

२०७७, २८ असार आईतवार ०६:१६

असार २८, लम्की। कैलालीका रिक्सा चालक व्यवसाय नचलेपछि सङ्कटमा परेका छन् । तीन महिनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन् । सिद्धि विनायक यातायात प्रालि टीकापुरका महासचिव रामशरण रेग्मीका अनुसार कैलालीमा करिब १० हजार रिक्सा छन् । रिक्सा व्यवसाय नचलेपछि १० हजार नागरिकको रोजीरोटी सङ्कटमा परेको रेग्मी बताउनुहुन्छ । “तीन महिना पूर्णरूपमा रिक्सा बजारमा आउन सकेनन्, आजभोलि चलाउन खोजेका छन् तर यात्रु छैनन् । रिक्सा चालकको पेशा सङ्कटमा परेको छ”, उहाँले भन्नुभयो ।

कोरोना भाइरस सङ्क्रमणले मुलुक नै अस्तव्यस्त भएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले सबैभन्दा बढी असर सामाजिक र आर्थिक क्षेत्रमा परेको छ । कैलालीको जानकी गाउँपालिका–६ का मङ्गल चौधरीले गएको माघ महिनामा इलेक्ट्रोनिक रिक्सा किन्नुभयो । माघ १० गते रु छ लाख २२ हजार ऋण गरेर रिक्सा किन्नुभएका मङ्गलले दुई महिना राम्रोसँग रिक्सा चलाउनुभयो । दुई महिनापछि चैत ११ गते देश नै लकडाउन भयो । “असार महिनादेखि लकडाउन केही खुकुलो भएपछि रिक्सा बजारमा ल्याउन थालेँ”, मङ्गलले भन्नुभयो, “ऋणमा रिक्सा किनेँ तर चलाउनै पाइनँ । बैंकले ब्याज र किस्ता तिर्न ताकेता गरेको छ । मलाई त रिक्सा किनेर तनाव भयो, अब ऋण कसरी तिर्नु ?”

जानकीकै रवीन्द्र नेपालीलाई पनि रिक्सामा यात्रु नपाउँदा समस्या भएको छ । उहाँलाई पनि ऋण कसरी तिर्ने, परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको छ । “तीन महिनापछि रिक्सा चलाउँदा पनि यात्रु पाइन्न, हिजो त दिनभरि यात्रु कुरेँ, एक जना पनि पाइनँ”, रवीन्द्रले भन्नुभयो, “घर पनि कसरी चलाउने ? यही पेशाबाट परिवार पालेको थिएँ, अब त भोकमरी होला जस्तो छ ।”

रिक्सा चालक राजकुमार चौधरीले पनि दुई वर्षअघि ऋण गरेर रिक्सा किन्नुभयो । उहाँले दुई वर्ष राम्रो कमाइ गर्नुभयो । रिक्सा किन्दाको ऋण दुई वर्षमै चुक्ता गर्नुभयो, तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि रोकथामका लागि भएको लकडाउनको असरले दैनिकी भने चल्न मुस्किल भएको छ । “दैनिक रु दुई हजारदेखि चार हजासम्म कमाइ हुन्थ्यो, अब नियमित बचत गर्छु र घर चलाउँछु भन्ने सोचेको थिएँ”, राजकुमार भन्नुहुन्छ, “तीन महिनामा घर खर्चमा रु ५० हजार ऋण लागिसकेको छ, न त रिक्सा चल्छ, जीवन तनावमय भएको छ ।”

रिक्सा चालक इन्द्र विक पनि यात्रु नपाएर दिक्क हुनुहुन्छ । उहाँले पनि ऋणमा किनेको रिक्सा राम्रो नचलेपछि रिक्साचालक पेशाबाट विस्थापित हुने अवस्था आउने चिन्ता बढेको बताउनुभयो । रिक्सा चालकलाई कोरोनाको डरले निर्वाध रिक्सा चलाउन पनि कठिन भएको छ । रिक्सा चालक गुजारा गर्नै गाह्रो भएको गुनासो गर्न थालेका छन् । रिक्सा चालक जनक परियारले यही पेशाबाट परिवार पालेकालाई जीवन निर्वाह गर्न कठिन भएको बताउनुभयो । “शुरुमा त कोरोना सङ्क्रमण होला भन्ने डर थियो, अब त भोकै मरिन्छ भनी डर हराएको छ”, जनकले भन्नुभयो, “यात्रु कुरेर बस्छौँ, यात्रु पाए पनि एक जना मात्रै बस्न खोज्छन्, यात्रु पनि धेरै जनासँगै बस्न चाहँदैनन्, अनि कसरी आम्दानी हुनु ? पेट्रोल हाल्न कठिन भएको छ ।”

सिद्धि विनायक यातायात प्रालिका महासचिव रेग्मी कोरोना भाइरस सङ्क्रमणको असर सबैतिर परेकाले रिक्सा चालकलाई केही समय ऋणको किस्ता नमाग्न, ब्याज मिनाहा गर्न माग गरेको बताउनुहुन्छ । “हामीले स्थानीय सरकारलाई ब्याज मिनाहाका लागि बैंकसँग पहल गरिदिन अनुरोध गरेका छौँ । रिक्सा चालक ब्याज मिनाहा नभए पेशाबाट विस्थापित हुने निश्चित छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ