२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको कहरका बीच साउदीबाट ४ हजार नेपाली स्वदेश फर्किए

२९ असार २०७७, सोमबार ०४:३५

योगेन्द्र योगी | असार २९, दोहा | कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले साउदी अरवबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये ४ हजार १ सय ८३ जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् । 

यात्रुहरू संगै साउदी अरबमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये नेपाली दूतावास रियाद र नेपाली महावाणिज्य दूतावास जेद्धाले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागी ६० जनाको शव स्वदेश पठाएको एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् । 

उनका अनुसार गैर आवासीय नेपाली संघको निरन्तर पहल, नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा साउदीमा १८ जुनबाट चार्टर्ड उडान सुरू भएको थियो भने जुलाई ११ मा हिमालय एयरलाइन्सले दम्मामबाट अन्तिम उडान गरेको थियो। 

रियादस्थित दूतावास र वाणिज्य दुतावास जेद्धाले अलपत्र परेका स्वदेश फिर्ताका लागि १० हजार १  सय ८० जनाको नामावली सार्वजनिक गरेको गरेको थियो भने अनलाइन तथा टेलिफोन सम्पर्क गरी २८ हजारभन्दा बढीले नेपाल फर्किन फारम भरेको उपसंयोजक अर्यालले बताए । 


नेपाल सरकारले स्वदेश फिर्तिको लागी गर्दै आएको सहजीकरणको चार्टर्ड उडानहरू तीन  दिनको लागि बन्द गरेको जनाएको छ । नेपाली दूतावास रियादले दिएको जानकारी अनुसार तेस्रो चरणको उडान यही जुलाई १६ मा साउदीको दम्मामबाट ४ वटा र रियादबाट २ वटा गरी उक्त दिन ६ वटा उडान हुने भएको छ । 

यस्तै, २० जुलाईमा साउदीको रियादबाट २ वटा र दम्मामबाट २ वटा गरी उक्त दिन नेपाल वायु सेवा निगमको विमानले ४ वटा उडान गर्ने तय भएको दूतावासले जनाएको छ । 

साउदी अरबमा हालसम्म कोरोनाबाट २ लाख २९ हजार ४ सय ८० संक्रमित भएका छन् । हालसम्म १ लाख ६५ हजार ३ सय ९६  जना निको भएर घर फर्किएका छन् भने २ हजार १ सय ८०  जनाको कोरोनाबाट मृत्यु भैसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य