2026-06-17 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको कहरका बीच साउदीबाट ४ हजार नेपाली स्वदेश फर्किए

योगेन्द्र योगी | असार २९, दोहा | कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले साउदी अरवबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये ४ हजार १ सय ८३ जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् । 

यात्रुहरू संगै साउदी अरबमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये नेपाली दूतावास रियाद र नेपाली महावाणिज्य दूतावास जेद्धाले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागी ६० जनाको शव स्वदेश पठाएको एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् । 

उनका अनुसार गैर आवासीय नेपाली संघको निरन्तर पहल, नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा साउदीमा १८ जुनबाट चार्टर्ड उडान सुरू भएको थियो भने जुलाई ११ मा हिमालय एयरलाइन्सले दम्मामबाट अन्तिम उडान गरेको थियो। 

रियादस्थित दूतावास र वाणिज्य दुतावास जेद्धाले अलपत्र परेका स्वदेश फिर्ताका लागि १० हजार १  सय ८० जनाको नामावली सार्वजनिक गरेको गरेको थियो भने अनलाइन तथा टेलिफोन सम्पर्क गरी २८ हजारभन्दा बढीले नेपाल फर्किन फारम भरेको उपसंयोजक अर्यालले बताए । 


नेपाल सरकारले स्वदेश फिर्तिको लागी गर्दै आएको सहजीकरणको चार्टर्ड उडानहरू तीन  दिनको लागि बन्द गरेको जनाएको छ । नेपाली दूतावास रियादले दिएको जानकारी अनुसार तेस्रो चरणको उडान यही जुलाई १६ मा साउदीको दम्मामबाट ४ वटा र रियादबाट २ वटा गरी उक्त दिन ६ वटा उडान हुने भएको छ । 

यस्तै, २० जुलाईमा साउदीको रियादबाट २ वटा र दम्मामबाट २ वटा गरी उक्त दिन नेपाल वायु सेवा निगमको विमानले ४ वटा उडान गर्ने तय भएको दूतावासले जनाएको छ । 

साउदी अरबमा हालसम्म कोरोनाबाट २ लाख २९ हजार ४ सय ८० संक्रमित भएका छन् । हालसम्म १ लाख ६५ हजार ३ सय ९६  जना निको भएर घर फर्किएका छन् भने २ हजार १ सय ८०  जनाको कोरोनाबाट मृत्यु भैसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ