९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैरवीदेवीमा सुनको छाना लगाउन थालियो

२९ असार २०७७, सोमबार ०४:३८

असार २९, बेत्रावती । विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन थालिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गत रु चार करोड ५९ लाखमा निर्माण भइरहेको मन्दिरको लक्ष्यभन्दा केही ढिलाइ गरेर काम अन्तिम चरणमा पुगेको स्मारक संरक्षक तथा नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार प्यागोडा शैलीमा निर्माण गरिएको दुई तले मन्दिरको माथिल्लो तलामा सुनको छाना राख्न थालिएको छ भने तल्लो तलाको छाना टायल लगाई यसअघिको स्वरूपमा बनाउन लागिएको हो ।

पुरातत्व विभागका इन्जिनीयर गोविन्द अधिकारीका अनुसार तामाको पातामा सुनको जलप लगाई छाना बसाल्न अहिले एक किलो सुनको जलप लगाउँदै छाना राख्ने काम भइरहेको छ । छाना राख्ने काम पूरा गर्न करिब एक साता लाग्ने छ भने छानामा एक किलोग्राम ३० तोला सुन लाग्ने अनुमान छ । शाके सम्वत्मा निर्माण गरिएको भैरवीदेवी मन्दिरको आधुनिक समयमा गरिएको पुनःनिर्माणमा परम्परागत मौलिकतालाई नै कायमै राखेर बनाउने सम्झौताअनुसार पेरा/तुलसी, गुल्लीभर वल्ड जेभी कम्पनीले निर्माण गरेको हो । 

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुर्याएको मन्दिरको पुनःनिर्माण पुरातत्व विभागमार्फत भए पनि मन्दिर परिसरका नुवाकोट दरबारसहित दरबार क्षेत्रका विभिन्न १० पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाको पुनःनिर्माण चीन सरकारमार्फत गर्न लागिएको छ । एक वर्षअघि भएको सम्झौताअनुसार ४५ महिनामा निर्माण सक्ने गरेर चिनियाँ टोलीले गत वर्षको असारबाट दरबारको पुनःनिर्माण शुरु गरेको थियो । तत्काल थप क्षति हुन नदिन खटसहितको टेको दिएर छाना लगाएको चिनियाँ टोलीले कोरोना रोगको सङ्क्रमणका कारण कार्यक्षेत्रमा नफर्कँदा हाल पुनःनिर्माण रोकिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता