२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साँफे मार्तडी सडकको विकल्पबारे अध्ययन

२९ असार २०७७, सोमबार ०४:५६

असार २९, बाजुरा । जिल्लास्तरीय सरोकारवाला निकाय सम्मिलित टोलीले साँफे मार्तडी सडकको अवस्था र नयाँ मार्गका लागि विकल्पबारे अध्ययन गरेको छ । जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले द्वारी, अम्कोट बल्दे सडकको विकल्पबारे जानकारी लिएको छ । टोलीले स्थलगत अध्ययनसहित नयाँ मार्ग बन्न सक्ने प्रारम्भिक अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताउनुभयो । जानकारी लिन टोली बल्दे, द्वारी, अम्कोट हुँदै धुरालसैनसम्म पुगेको थियो ।

करिब एक किलोमिटरभन्दा बढी सडक पहिरोले भासिएको र साँफे मार्तडी सडकअन्तर्गत द्वारी क्षेत्रमा नयाँ मार्ग निर्माणका लागि कुनै विकल्प नभए पनि अर्को मार्गको बारे छलफल शुरु गरिएको छ । बल्देबाट आटीचौर जाने सडकलाई नै माथि पुर्याएर अम्कोटमाथि हुँदै तिपाडा झार्न सकिने विकल्पबारे छलफल चलिरहे पनि त्योसमेत दिगो नहुने देखिएको छ ।

जिल्लास्तरीय टोलीले अवस्थाबारे जानकारी लिन मात्र गएको र सडकको मार्गबारे प्राविधिक अध्ययनपछि मात्र थाह हुने बताएको छ । सडक पहिरोले भासिएपछि चार दिनदेखि साँफे मार्तडी सडक पूर्णरूपमा बन्द भएको छ । 

सवारीसाधान मार्तडीबाट द्वारी र तलबाट पनि बल्देसम्म मात्र आउने गरेका छन् । सडक अवरोध हुँदा पैदल यात्रा गर्न पनि निकै समस्या भएको छ । बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा ठूलो पहिरो खसेको छ । पैदलयात्राका लागिसमेत माथि जङ्गलको बाटो हिँड्नुपर्ने अवस्था छ । 

आजबाट बाटो काट्न शुरु गरिने

अवरुद्ध भएको साँफे मार्तडी सडकअन्तर्गत द्वारी बल्दे सडक पुनः सञ्चालनका लागि आजबाट निर्माण शुरु गरिने भएको छ । तत्कालका लागि हालकै बाटोलाई निर्माण गर्ने र दीर्घकालीनरूपमा बाटोका लागि धुरालसैनबाट रिला हँुदै मार्तडी ल्याउनेबारे प्रक्रिया अघि बढाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।

तत्कालका लागि सोही भासिएको जमीनलाई नै ट्र्याक खोलेर गाडी चल्ने बनाए पनि दीर्घकालीनरूपमा अम्कोटका बासिन्दालाई वैकल्पिक बाटोको व्यवस्था गरेर धुरालसैन, ढुंगी, रिला हुँदै तिपाडा निकाल्ने गरी मार्ग निर्धारण गर्नेबारे छलफल अघि बढेको छ । त्यसका लागि तत्काल काम अघि बढाउने र बडिमालिका र बूढीगङ्गा नगरपालिकाले आफ्नो क्षेत्रको बाटो खोल्नका लागि सहयोग गर्ने प्रस्ताव अघि सारिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य