अभिमनु पटेल | साउन ९, रौतहट | मलेसियाको पेनाङ राज्यमा लामो समयदेखि रोजगारी गर्दै आएका रौतहट जिल्ला पोखरीया गा.वि.स.घर भएका अन्दाजी ३० वर्षको सिकील दासले मलेसियामा आफू बस्ने अपार्टमेन्टको ८ औं तल्लाबाट हाम फालेर आत्महत्या गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु पटेल | साउन ९, रौतहट | मलेसियाको पेनाङ राज्यमा लामो समयदेखि रोजगारी गर्दै आएका रौतहट जिल्ला पोखरीया गा.वि.स.घर भएका अन्दाजी ३० वर्षको सिकील दासले मलेसियामा आफू बस्ने अपार्टमेन्टको ८ औं तल्लाबाट हाम फालेर आत्महत्या गरे"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

मलेसियामा एक नेपालीद्वारा ८ औं तल्लाबाट हाम फालेर आत्महत्या

९ श्रावण २०७३, आईतवार ०९:५०

अभिमनु पटेल | साउन ९, रौतहट | मलेसियाको पेनाङ राज्यमा लामो समयदेखि रोजगारी गर्दै आएका रौतहट जिल्ला पोखरीया गा.वि.स.घर भएका अन्दाजी ३० वर्षको सिकील दासले मलेसियामा आफू बस्ने अपार्टमेन्टको ८ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकाछन् ।

सिकील दास पेनाङ स्थित तमान पिराइनडाको Block C मा बस्दै आएका थिए । गएराति २१ जुलाई ८:३० बजे ८ तल्लाबाट उनले हाम फाले लगत्तै उनको मृत्यु भएको प्रत्यक्षदर्शीको भनाइ रहेको छ । उनले मलेसियाको पेनाङ राज्यमा रहेको Teco Tecnology कम्पनीमा काम गर्दै आएका थिए । दासले आफ्नो करार अबधि (contact) ३ वर्ष पूरा गरेर घर जाने तयारीमा रहेका थिए । संगै बस्ने साथीको अनुसार दासको उडान आउने सोमबार पक्का भएको र उडानको लागि टिकट र पासपोर्ट समेत कम्पनीले दिसकेको थियो।

यता नेपाल घरमा उनको श्रीमती बिरामी भएर अस्पतालमा भर्ना भएकी छिन । दास कुनै प्रकारको नसालु तथा जाडरक्सी खाने गरेका थिएनन् । दासले घरको तनावले आत्महत्या गरेको उनका साथीहरुले अनुमान गरेरका छन। घर जाने दिन नजिकै आउदा पनि अरु जसरी खुशी देखिदैनथ्य, कुनै तनावमा भए जस्तो लाग्थ्यो घटना स्थलमा भेटिएका नेपालीहरुको भनाइ छ ।

दासले हाम फालेको खबर पाउना साथ मलेसियाको पुलिस घटना भएको ठाउमा आएको थियो तर उनको मृत्यु भइसकेको थियो । अहिले उनको मृत शरीरलाई पोस्टमार्टमको लागि पेनाङकै नजिकैको हस्पिटलमा राखिएको छ ।

मलेसियामा रोजगारीको लागि आउने र करार अबधि सकेर नेपाल फर्किने समय नजिक आउदै गर्दा विभिन्न तनावले गर्दा धेरै नेपालीले विभिन्न तरीकाले आत्महत्या गर्दै आएको पाइएको छ । यस्तो घटनाहरु न्यून हुनुको सट्टा झन बढीरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार