Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

घाँसीकुवा जोगाउन माग

By साझासवाल 5 मिनेट पढाइ

असार २९, तनहुँ । आदिकवि भानुभक्त आचार्यले घाँसीबाट प्रेरणा पाएर साहित्यिक रचना गरिएको स्थान  घाँसीकुवा संरक्षणको अभावमा परेको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीले बनाएको कुवाको अस्तित्व नै मेटिने होकि भन्नेमा स्थानीयवासी चिन्तित भएका छन् ।

सडक विस्तारसँगै अहिलेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आउने हुँदा संरक्षणका लागि बेलैमा चासो राख्नुपर्ने देखिएको जनाइएको छ । पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत रहेको स्थानलाई मात्रै फराकिलो बनाउने योजना रहेको व्यास नगरपालिका–१२ का वडाध्यक्ष तोत्रबहादुर कुँवरले जानकारी दिनुभयो ।

सोही स्थान नजिक रहेको बुल्दी खोलाको किनारको भागलाई उठाएरसम्म बनाएर भए पनि घाँसीकुवालाई संरक्षण गर्न लागिएको उहाँले बताउनुभयो । भानुभक्त मामाघर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो । उक्त घाँसीकुवा पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ मा पर्दछ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब छ किलोमिटरको दूरीमा घाँसीकुवा रहेको छ । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रभावित भई भानुभक्तले यस्तो कविता रचना गर्नुभएको थियो–

भर्जन्म घाँसतीर मन दिइ धन कमायो,

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो,

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,

म भानुभक्त धनी भैकन किन आज यस्तो ।

घाँसीको प्रेरणाबाट आदिकवि भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गर्नुभएको हो । घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएकाले पहिचान गर्न कठिनाइ भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउनुहुन्छ ।

समितिका सदस्य प्रेम पन्थले हाल घाँसीकुवा रहेकोभन्दा २०० मिटर पर उत्तरतिर करिब १०० रोपनी सार्वजानिक जग्गामा स्थानीय बासिन्दाले भानु–घाँसी पार्क बनाउन दिने निर्णयसमेत गरिसकेकाले त्यस ठाउँमा पूर्वाधार निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाउँ विकास समितिको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यस गाविस व्यास नगरपालिकामा समायोजन भई १२ नं वडा कायम भएको छ। रासस